चितवन-
चितवनको चिसो मौसमसंगै चितवन सेवा समाजले आपसि सद्भाव बढाउँदै वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चितवनेहरुको साझा र छाता संस्था चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालले गत शनिवार रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालका केन्द्रीय अध्यक्ष दिपक गौतमले आफ्नो लेख रचना वाचन गरी कार्यक्रम सुरु गरिएको थियो ।
बनभोज कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लालबहादुर भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राष्ट्रबाट आउनु भएका संस्थाका पदाधिकारीहरु लगायत उपस्थितिलाई धन्यवाद तथा स्वागत गर्नु भयो ।

महासचिव बालकृष्ण पौडेलले संञ्चालन गर्नु भएको उक्त कार्यक्रममा अध्यक्ष दीपक गौतम, संरक्षक समीर खत्री, संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारि, प्रथम उपाध्यक्ष राजन कुमार श्रेष्ठ, सल्लाहकारहरु विदुर केसी, क्षेत्रप्रसाद देवकोटा, गुणराज थपलिया, सीता ढकाल, डम्बर राना, कविता भट्ट, चितवन यूवा समूह कतारका अध्यक्ष सुमन भारती ,चितवन सेवा समाज साईप्रसकी अध्यक्ष सबि थापा, चितवन समाज जापानका सदस्य अर्जुन ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
औपचारिक कार्यक्रमको समापन लगत्तै संस्थाका साँस्कृतिक संयोजक लोक तथा दोहारी गायक नेत्र जी पन्त र समितिका सदस्य शालिकराम आचार्यले आ आफ्नो छुट्टाछुट्टै गीति प्रस्तुती मार्फत् आम सहभागिलाई नचाएका थिए ।
कार्यक्रममा कोषाध्यक्ष सीता अधिकारी, सदस्य तथा भरतपुर संयोजक जयन्ती अधिकारी, सल्लाहकार विदुर केसी, सल्लाहकार सीता ढकाल,सचिव हरिप्रसाद न्यौपाने, सह-सचिव सकुन्तला तिवारी, प्रवक्ता मित्रलाल पाण्डे लगायतले साहित्यिक सृजना वाचन गरी मनोरन्जन प्रदान गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा “रमाईलो खेलकूद” अन्तर्गत म्यूजिकल चियर र घैंटो फुटाई रहेको थियो । म्यूज़िकल चियरमा ३६ जनाको र घैंटो फुटाईमा १५ जनाको सहभागिता रहेको थियो । म्यूजिकल चियर तर्फ चितवन यूवा समूह कतारका अध्यक्ष सुमन भारती र घैंटो फुटाई तर्फ संस्थाकी कार्यसमिति सदस्य शुसिला अधिकारी प्रथम भए ।
वि.स. २०६९ मा स्थापित चितवनेहरुको यस केन्द्रीय संस्था खाडी, यूरोप र अन्य गरि १ दर्जन शाखा रहेको छ ।