आज मितिः २०८३ बैशाख ६ गते

कलाकार बन्न काठमाण्डौं हिडेका आशिष दुबईमा रमाउँदै

मानिसका धेरै सपनाहरु हुन्छन् ती सपनाहरु सबै पू्रा भने हुदैनन् । केहीका भने सोचेको सपना भन्दा फरक भई दिँदा निराशामा परिणत हुन्छन् मान्छे ।
तर लगातार आफ्नो सपना साकार पार्न संघर्ष गर्ने मानिस सफल भएर छोड्छ नै । यसको उदाहरणमा पर्छन खैरहनी नगरपालिका चितवनका आशिष पुरुष । विद्यालयको अध्ययनबाट नै कलाकार बन्छु भनेका आशिष निकै संघर्ष गर्दै अहिले पनि अघि बढि रहेका छन् ।


विद्यालयमा विभिन्न साँस्कृतिक कार्यक्रममा भाग लिने, मञ्चमा नाटकहरु प्रस्तुत गर्ने आशिषले काठमाण्डौंमा निकै लागि परे । कलेज पनि पढ्नु पर्ने र कलाकारीतामा पनि जम्नु पर्ने भएकोले आर्थिक अभावमा उनि रुमल्लिन थाले । विकल्पमा विदेश गएर आर्थिक रुपमा मजबुद भए पछि आप्mनो कलालाई अझ अघि बढाउने सोच बनाएर उनि सन् २००३ तिर दुबई हानिन्छन् ।
शुरुमा दुबईमा सूरक्षा गार्डको काम गरे त्यस पछि उनले सेल्समेनको । उनले काम गर्दागर्दे दुबईमा हुने विभिन्न विदा र पर्बहरुमा नेपाली समाजको कार्यक्रमहरुमा होष्ट गर्ने तथा विभिन्न नृत्यहरुमा क्यान्डल डान्स समेत गरे । उनको यो डान्सले दुबईमा रहेका सामाजिक संघसंस्था देखि अन्य क्षेत्रमा पनि काफि चर्चामा आए ।


दुबईको सूरक्षित वातावरण, निती नियमले उनलाई आफ्नै व्यवसाय गर्ने उत्सुकता जाग्यो । त्यस पछि उनले ईभेण्ट कम्पनि सँञ्चालनमा ल्याए । सन् २०१० सम्म निकै संघर्ष गर्दै नेपालबाट मंगोलीयन हर्ट लगायत विभिन्न व्याण्डसित मिलेर नृत्य गरेका उनले दुबईमा नै म्यूजिक भिडियो गर्ने मौका पाए ।
नेपाल र दुबई गरेर करीव २ दर्जन जति म्यूजिक भिडियो गरेका उनले यतिबेलासम्म सफलता हात पारि सकेका थिए । उनि गीत रचनामा पनि उत्तिकै पोख्त छन् । विभिन्न चलचित्रहरुमा उनको गीतहरु टाईटल सङ बनेर वजि रहेका छन् ।
रचना रिमाल,किरण भुजेल देखि राजेश हमाल र विभिन्न व्याण्डलाई दुबई उतारेर आफनो प्रस्तुति दिई सकेका छन् । संगसंगै उनले दुबईमा साझेदारीमा भेराईटि मम रेष्टुरेण्ट एण्ड क्याफे सँञ्चालनमा ल्याएका छन् । राज कुमार थापा र उनि भएर क्याफे सँञ्चालनमा ल्याएका हुन् ।
आशिष यसको अलवा समाजिक क्षेत्रमा पनि उतिकै लागि परेका छन् । नेपालमा विभिन्न समयमा घट्ने देवी प्रकोप देखि दुबईमा अलपत्र परेका नेपाली युवाहरुलाई पनि उद्धार गरेका छन् उनले । खैरहनी डोजाङबाट तेक्वान्दो सिकेका उनि ४ दाजुभाई मध्ये साईलो हुन् । प्लस टुसम्म अध्ययन गरेका उनले आफ्नो रुचिलाई देश देखि परदेशसम्म निरन्तरता दिएर दर्शक श्रोताको मायाँ ममताले २ सय भन्दा बढी कार्यक्रमको होष्ट गरिसकेका छन् ।

कलाकारलाई अत्यन्तै मायाँ गर्ने आशिषले अन्तमा कलाकारीतालाई नै निरन्तरता दिदै सामाजिक क्षेत्रमा पनि काम गर्दै जाने बताए ।
(उद्धार न्यूजका प्रधान सम्पादक रवि भट्टसंगको कुराकानिको सम्पादीत अंश)

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.