आज मितिः २०८३ बैशाख ८ गते

वीरेन्द्र आदर्श माविले वार्षिकोत्सव मनाउने

राप्ती । पुर्वी चितवनको पुरानो विद्यालय वीरेन्द्र आदर्श माध्यमिक विद्यालयले ५८ औं वार्षिकोत्सव माघको अन्तिम साता मनाउने भएको छ । राप्ती नगरपालिका ७ मा रहेको सो विद्यालयले माघ २८ गतेदेखि फागुन १ गते सम्म विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाउन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
५८ औं बर्ष प्रवेशको अवसरमा बृहत् स्वास्थ्य शिविर ,विभिन्न प्रतियोगिता आयोजना गरि बार्षिकोत्सव मनाउन लागिएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष एवं मुल समारोह समितिका संयोजक घनश्याम कडेलले जानकारी दिए । बार्षिकोत्सवलाई भब्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु निर्माण गरि जिम्मेवारी तोकिएको छ ।
१ – वार्षिकोत्सव ब्यबस्थापन मूल समिति : विद्यालयका सरोकारवाला भद्र भलाद्मी , शिक्षाविद , विद्यालय व्यबस्थापन समिति , शिक्षण अबिभाबक संघ , शिक्षक कर्मचारी , विद्यार्थी प्रतिनिधि र एल्मुनाई एशोसियसन प्रतिनिधि समेत रहेको विद्यालय व्यबस्थापन समिति अध्यक्ष घनश्याम कडेलको अध्यक्षतामा १४३ सदस्यीय मूल समारोह समिति।
२ – स्मारिका प्रकाशन उप समिति : केशव बहादुर रिमाल – संयोजक
३ – खेलकुद , स्वयंसेवक परिचालन उप समिति : द्वारिकानाथ पौडेल – संयोजक
४ – स्वास्थ्य उप समिति : टिका माया पाण्डे – संयोजक
५ – अतिथि सत्कार तथा चियापान उप समिति : राधिका शर्मा – संयोजक
६ – सांस्कृतिक उप समिति : मंजु महतो – संयोजक
७ – मंच व्यवस्थापन उप समिति : भारत जंग ठकुरी – संयोजक
८ – अतिरिक्त व्यवस्थापन उप समिति : प्रधानाध्यापक सोमनाथ तिवारी – संयोजकमा रहनु भएको छ।

बिगत र वर्तमानमा भए गरेका कामहरुको समिक्षा गर्ने,शैक्षिक गुणस्तर प्राप्तिका लागि गरेका असल अभ्यासको सार्वजनिकिकरण र भावी योजना तर्जुमा गरि सबैको साझा गन्तव्य विद्यालय हो भन्ने सन्देश प्रवाह गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको समिति अध्यक्ष कडेलले बताए ।
बि. सं. २०२३सालमा स्थापना भएको सो विद्यालय २०२८ मा निम्नमाध्यमिक ,२०२९ मा माध्यमिक र २०६७ सालमा कक्षा ११ र १२ मा बिज्ञान र ब्यबस्थापन संकाय बिषयका कक्षा संचालनमा छन् । २०७६ सालमा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयबाट नमुना माध्यमिक विद्यालयको रूपमा छनौट भएको छ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.