आज मितिः २०८३ बैशाख ८ गते

चितवनको कालिकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

चितवन-

कालिका नगरपालिका वडा नम्वर ११ मा एक्सरे सहितको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कालिका नगरपालिका वडा नम्बर(११ को आयोजना तथा कालिका नगरपालिकाको सहकार्य रहेको सो शिविर मानव बिकास तथा सामुदायिक सेवा ललितपुरद्वारा संचालित स्वास्थ्य सुधार परियोजना चितवनको आर्थिक सहयोग तथा रत्ननगर(१४ स्थित गुन्जमान सिंह अस्पतालको प्राविधिक सहयोगमा संचालन भएको हो।

 

शिविरमा भिडियो एक्सरे सहित निस्शुल्क स्वास्थ्य शिविर संचालन भएको थियो। कालिका नगरपालिकाकि उप(प्रमुख बिमला तामङको प्रमुख आतिथ्यता रहेको सो शिविरमा चार सय जनाले सेवा लिएका थिए।

एकदिने सो शिविरमा विभिन्न बालरोग, स्त्रीरोग, हाड जोर्नी, नाक कान घाँटी , जनरल मेडिसिन, ल्याब, फिजियोथेरापी, भिडियो एक्सरे, फार्मेसी लगायतका सेवा प्रदान गरिएको थियो।

आफ्नै घर आँगनमा गुणस्तरीय स्वास्थ्य सेवा पाएकोमा स्थानीयहरुले खुशी व्यक्त गरेको वडाध्यक्ष कृष्ण बहादुर प्रजाले बताउनुभयो।

 

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.