आज मितिः २०८३ असार ४ गते

अर्थ तथा शेयर बजार

वडाध्यक्षले व्यक्तिगत लगानीमा उपलब्ध गराए इन्टरनेट सेवा

वडाध्यक्षले व्यक्तिगत लगानीमा उपलब्ध गराए इन्टरनेट सेवा

सोलुखुम्बु- सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निस्शुल्क उपलब्ध गराएका छन्। उनले वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन्। इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी  कार्कीले जानकारी दिए। उनले भने, ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो। साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ।’ उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताउँछन्। इन्टरनेट सेवा निशुल्क पाएसँगै…
Read More
इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी पक्राउ

इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी पक्राउ

काठमाडौं- बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका वडा नम्बर ३, स्थित धोबिघाटबाट बिहीबार पक्राउ पक्राउ गरेको हो। बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि सुनारसहित सञ्चालक समितिका पदाधिकारीको खोजी भइरहेको थियो। बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवकुमार नेपालीसहितका पदाधिकारीहरु अझै फरार छन्। उनीहरुविरुद्ध बागलुङ जिल्ला अदाललतले जेठ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो। सरिता तिमल्सेनासमेतको संयुक्त जाहेरीमा उक्त सहकारीका संचालक समितिका अध्यक्ष ५१ वर्षका देवकुमार नेपालीसमेत आठ जना भएको सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा उनीहरुलाई पक्राउ गर्नको लागी बागलुङ जिल्ला अदालतले गत जेठ २४…
Read More
वाणिज्य बैंकहरूले ब्याजदर घटाए

वाणिज्य बैंकहरूले ब्याजदर घटाए

काठमाडौं - वाणिज्य बैंकहरूले माघ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो ।   सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंकर्स संघका अधयक्षसमेत रहेका सुनिल केसी सीईओ भएको बैंक एनएमबी रहेको छ । एनएमबी बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको हो । एनएमबीले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो । सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ८.९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एभरेष्ट बैंकले पनि पुस महिनाकै ब्याजदर यथावत राखेको छ । पछिल्लो समय हरेक महिना जसो…
Read More
सहकारी संस्थाका सञ्चालक र कर्मचारी पक्राउ, १ अर्ब २१ करोड हिनामिना

सहकारी संस्थाका सञ्चालक र कर्मचारी पक्राउ, १ अर्ब २१ करोड हिनामिना

काठमाडौं- गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका( ४ चौतारा बस्ने सहकारी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवं संरक्षक प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो। सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन्। सहकारी सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक चन्द्रप्रसाद पौडेल फरार छन्। पौडेल गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक पनि हुन्। सबैका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.