मलेसियादेखि नेपालसम्म नक्कली मदिरा कारखाना
काठमाडौं - नेपालीहरुले मलेसियामा नक्कली मदिरा कारखाना सञ्चाँलन गरि विक्रि गरेको पाईएको छ । नेपालीले नेपाली रेष्टुरेण्टमा क्यान वियरदेखि रेड लेवल, ब्ल्याक लेवल तथा अन्य ब्राण्डका मदिरा उत्पादन गरि विक्रि गरेका हुन् । त्यस्तै काठमाण्डौंमा स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले केहीलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १० जनाजतिलाई नियन्त्रणमा लिएको छ । महँगो ब्रान्डका बोतलमा नक्कली रक्सी मिसाएर उनीहरूले बिक्रीवितरण गर्ने गरेको खुलेको छ ।