आज मितिः २०८३ आश्विन १ गते

ताजा अपडेट

अनेरास्ववियु राप्ती नगर कमिटी अध्यक्षमा कंडेल  चयन

अनेरास्ववियु राप्ती नगर कमिटी अध्यक्षमा कंडेल चयन

राजन दिल गुरुङ , राप्ती । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) राप्ती नगर कमिटीकाे अध्यक्षमा  ‘‘ रुपक कँडेल ’’ चयन भएका छन् । आज सम्पन्न अघिवेशनले कंडेलकाे अध्यक्षता नयाँ कमिटी चयन गरेकाे हाे । ११ सदस्यीय कमिटीकाे उपाध्यक्षमा मिलन क्षेत्री, सचिवमा सफल खरेल, कोषाध्यक्षमा सुमन छ्त्कुल्ली, सहसचिवमा प्रशान्त सेढाई, शिरीष सिलवाल, अशोक कडेल, संगठन विभाग प्रमुखमा विजय विक र महिला विभाग प्रमुखमा बिनि ओस्ती चयन भएका छन् । नवनिर्वाचित कंडेलले आफुलाई सुम्पिएकाे जिम्मेवारी कुशलतापूर्व पूरा गर्ने प्रतिबद्धता जनाए ।
Read More
पञ्चामृत बहुउद्धेश्यीय सहकारीको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

पञ्चामृत बहुउद्धेश्यीय सहकारीको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

१० मङ्सिर, रत्ननगर । रत्ननगर नगरपालिकाको वडा नम्बर १०, भानुचोकमा रहेको पञ्चामृत बहुउद्धेश्यीय सहकारी संस्था लि. ले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै २८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभा अन्तर्गत संस्था संग सम्बन्धित विविध व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको छ । किसान सन्तोष अधिकारी धेरै दुध उत्पादन गर्नेमा प्रथम भएका छन् । उनले १३ हजार लिटर भन्दा बढी दुध बिक्री गरेका थिए, त्यस्तै ऋषि कुमारी बगाले दोस्रो, मेघनाथ रेग्मी तृतीय र विष्णुमाया श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरिन । गुणस्तरीय दुध तर्फ यम प्रसाद भट्ट, निरन्तर दुध ल्याउने कविराज मगर, असल ऋणी फुलमती महतो र…
Read More
हनामी दोस्रो इन्टर स्कुल फुटबल कप मंसिर १७ देखि

हनामी दोस्रो इन्टर स्कुल फुटबल कप मंसिर १७ देखि

चितवन । बिद्यालय स्तरीय फुटबल ‘‘दोश्रो हनामी ईन्टर स्कुल फुटबल प्रतियोगिता २०८१’’ मंगसिर १७ गते देखि भरतपुरमा हुने भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगितामा मा २० संस्थागत बिद्यालयका कक्षा १० सम्मको ९/९ खेलाडी छात्र बीच खेलाईनेछ । प्रथम हुनेले नगद २५,००० सिल्ड , मेडल , प्रमाणपत्र पाउनेछ भने द्वितीय हुनेले नगद १५००० सिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको र फुटबल खेल विकासको निमित्त ग्रास रुट देखिनै समय र लगानी लगाउन पर्ने खेल संयोजक ध्रुव भुषालले बताए । पहिलो संस्करणको उपाधि वाल्मिकी स्कुलले जितेको थियो भने प्रतियोगिताको मुख्य प्रयोजन हनामी ले…
Read More
विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताउनुभएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अब मिल्नुको विकल्प छैन, विभाजनको शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।” देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो, “हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा…
Read More
रत्ननगरमा संस्कृति तथा व्यापार महोत्सव सुरु

रत्ननगरमा संस्कृति तथा व्यापार महोत्सव सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु भएको छ । महोत्सवको एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गरेका छन् । सो अबसरमा मन्त्री ठकुरीले सौराहाको पर्यटन विकासको लागि विशेष योजना ल्याएर काम गर्ने भन्दै पर्यटन पूर्वाधार निर्माणको लागि बजेट रकमान्तर गर्ने योजनामा रहेको बताए । पर्यटन उद्योग देशको अर्थतन्त्रको मुरुदण्ड रहेको भन्दै प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकासलाई महत्व दिएको बताए । देशका विभिन्न स्थानमा हुने मेला महोत्सवले जिल्ला स्तरमा आर्थिक चलायमन हुने भन्दै स्थानीय उत्पादनलाई स्थान दिन आयोजकलाई आग्रह गरे । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य…
Read More
रत्ननगरमा भोलीदेखि संस्कृतिक तथा व्यापार महोत्सव : पर्यटनमन्त्री ठकुरीले उद्घाटन गर्ने

रत्ननगरमा भोलीदेखि संस्कृतिक तथा व्यापार महोत्सव : पर्यटनमन्त्री ठकुरीले उद्घाटन गर्ने

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारदेखि पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु हुँदैछ । आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण को तयारी पुरा भएको र भोली विहान ११ बजे बगमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ढाकुरले उद्घाटन गर्ने जनाएको छ । द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव हुन लागेको हो । महोत्सव सुरु हुनुपूर्व विहान नेपालमाविको चौरबाट शोभायात्रा निकालिने छ । क्लवले गर्न लागेको उक्त महोत्सव दोस्रो संस्करण हो । कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्धन गर्ने,…
Read More
रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता सुरु : पहिलो खेलमा कालिका विजयी

रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता सुरु : पहिलो खेलमा कालिका विजयी

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा मेयर सापकोटाले खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप आयोजना गरिएको बताए । रत्ननगरका उपमेयर यादव प्रसाद पाठकले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा कालिकाका मेयर विनोद रेग्मी, खैरहनीका मेयर शशीकुमार खनिया, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल उपस्थित थिए । मेयर कपको पहिलो खेलमा कालिका नगरपालिका विजयी भएको छ । आयोजक रत्ननगर नगरपालिकालाई ट्राइबे्रकरका आधारमा ४ का विरुद्ध ५ गोल…
Read More
रत्ननगर ९ को घरदैलो, करदातालाई गराईयो सचेत

रत्ननगर ९ को घरदैलो, करदातालाई गराईयो सचेत

५ मङ्सिर, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले करदाता सचेतना तथा कर संकलन सम्बन्धि घरदैलो कार्यक्रम गरेको छ । अभियान स्वरुप संचालन गरिएको कार्यक्रममा आज भेडी टोलमा रहेका व्यवसायीहरु संग भेटघाट गरिएको छ । रत्ननगर ९ का अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुष्मा खड्काथोकी, कमान सिंह चौधरी, लेखबहादुर थापा, रत्ननगर नगरपालिकाका राजस्व शाखा प्रमुख धर्मराज अधिकारी, वडा सचिव सुर्यप्रसाद ढुंगाना, वडाका कर्मचारीहरु, नगरप्रहरी, टोल विकास संस्थाका पदाधिकारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत वडाध्यक्ष अनन्त अधिकारीले व्यवसायीको समस्या तथा गुनासोलाई सुन्दै वडाले गर्न सक्ने सहयोग समेत गर्न आफुहरु घरदैलोमा उपस्थित भएको बताउनुभएको छ…
Read More
राष्ट्रिय फोटो पत्रकार समूह चितवनलाई होटल भिष्टाले गर्‍यो स्वागत

राष्ट्रिय फोटो पत्रकार समूह चितवनलाई होटल भिष्टाले गर्‍यो स्वागत

चितवन,मंसिर ५ । राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा चितवनको पहिलो बैठक सम्पन्न भएको छ । आज (बुधबार) सौराहा स्थित होटल भिष्टामा संस्थाका अध्यक्ष सन्तोष बस्ताकोटीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो । सो बैठकबाट फोटो पत्रकारको क्षमता वृद्धिको बिस्तार, नेतृत्व बिकास, अभिमुखिकरण, जीवन शैली पर्यटन लगाएत पक्षसँग जोड्दै फोटो सम्बन्धी तालिमका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ । त्यस्तै, चितवनका ७ वटै पालिकाको प्रमुखहरुसँग छलफल कार्यक्रम तय गरी पालिकाको सम्भावित पर्यटकिय प्रबर्द्द्नमा फोटोको भूमिकाको सम्बन्धमा बैठक तथा कार्यक्रम गर्ने, संस्थाको हरेक बैठक नियमित सन्चालन गर्ने, संस्थाको बैक खाता सन्चालनका लागि आवश्यक पहल गर्ने, संस्थाको कार्यसमिती सदस्य तथा साधारण…
Read More
तेश्रो अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगीता मङ्सिर ६ गते बाट हुने

तेश्रो अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगीता मङ्सिर ६ गते बाट हुने

४ मङ्सिर, रत्ननगर । रत्ननगरमा हरेक बर्ष आयोजना हुने अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगीताको तेश्रो संस्करण यही मङ्सिर ६ गते बाट १५ गते सम्म हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ रत्ननगर नगरपालिका वडा नं २ स्थित नेपाल नमुना माध्यामिक विद्यालयको प्राङ्गणमा खेल संचालन हुनेछ । युवाहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउदै फुटबल खेल क्षेत्रको प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदानका लागी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विगतमा चितवन जिल्ला भित्रका पालिकाहरुको मात्र सहभागिता रहने गरेको यस प्रतियोगतामा यस पटक थप परिस्कृत र परिमार्जन सहित हेटौडा उपमहानगरपालिका, मनहरी गाँउपालिका र गैडाकोट नगरपालिकालाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.