आज मितिः २०८३ बैशाख १९ गते

ताजा अपडेट

क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा २ स्थानमा नगदसहित सम्मानित

क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा २ स्थानमा नगदसहित सम्मानित

चितवन ।क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा सम्मानित भएका छन् । लामिछानेलाई आज (मंगलबार) विभिन्न संस्थाले नगदसहित सम्मान गरेको हो । भरतपुर महानगरपालिकाले पनि लामिछानेलाई नगदसहित सम्मान गरेको थियो । महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा लामिछानेलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो । त्यसै गरि लामिछानेलाई चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले पनि नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । आज दिउँसो सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान तथा टी २० अन्तराष्ट्रियमा एक सय विकेट लिएको…
Read More
चितवन जिल्ला लिग : रड्सलाई ३ अंक, युनिक र जि ब्वाईजको बराबरी

चितवन जिल्ला लिग : रड्सलाई ३ अंक, युनिक र जि ब्वाईजको बराबरी

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज दुई खेल सम्पन्न भएका छन् । भरतपुर ७ कृष्णपुरमा आज भएको पहिलो खेलमा रामपुर फुटबल क्लब रड्सले जित हात पारेको छ । रड्सले हर्दी युवा समाजलाई ३-१ ले हराउँदै तीन अंक जोडेको हो । रड्सलाई जिताउन मनोज थापाले दुई तथा साहिल थापा मगरले एक गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे । हर्दीका सन्तोषले ३० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा रड्स खेलमा फर्कियो । साहिलले ४७ औं मिनेटमा बराबरी गोल फर्काए । मनोजले खेलको ५७ औं तथा ६५ औं मिनेटमा गोल…
Read More
अत्यधिक मदिरा सेवनले चितवनमा एक महिला मृत फेला

अत्यधिक मदिरा सेवनले चितवनमा एक महिला मृत फेला

चितवन- चितवनको राप्ती नगरपालिका–४ राई टोलमा एक महिला मृत फेला परेकी छन् ।   अत्यधिक मदिरा सेवन गर्ने स्थानीय ६५ वर्षीय झिम्सी राई आइतवार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आइतबार बिहान घरबाट हिँडेकी राई घरबाट करिब ८०० मिटर टाढा मकैबारीमा मृत फेला परेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।    
Read More
पहाडी जीवन ( मन्दाक्रान्ता छन्द कविता )

पहाडी जीवन ( मन्दाक्रान्ता छन्द कविता )

पहाडी जीवन (मन्दाक्रान्ता छन्द )   क्वैली उड्दा कुहुकुहु गरी बज्छ पाखाेपखेराे । राख्ने छैनन् प्रकृति जननी भाव तेरो र मेरो ।। धेरै राम्राे वन छ हरियो दाँज्न सक्तैन भाइ । पाना पाेत्नै कठिन अहिले लाग्न थाल्याे मलाई ।।१।।   गट्टा ठट्टा जमपिङ चुँगी भुल्न साह्रै छ गाह्राे । बस्ती मेरो सहर नभई गाउँ हाे गाउँ प्यारो ।। सेतैसेताे घरभरि कुवा दिन्छ क्या मिष्ट पानी । छम्छम् नाच्छिन् प्रकृति तरुनी गाउँकी फूल रानी ।।२।।   भुल्छन् पीडा सब पथिकका छन्द गाना सुनेर । दिन्छिन् रानी प्रकृतिपनकी फूलमाला उनेर ।। बालीनाली लहलह गरी झुल्छ साैन्दर्य छाई । आफैँ फुर्छन् फुरुरु कविता गाउँ घुम्दा मलाई ।।३।।  …
Read More
इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौं- सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद(उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ।    
Read More
“गुनासो”-कविता

“गुनासो”-कविता

“गुनासो”   बिहेमा जन्ती लिई आयौ मण्डपबाट उठाइ लिई गयौ वाचा, कसम खाई सिन्दुर हाल्यौ मेरो जीवनमा हक जमाएर गयौ ।   उजाड थियो जीवन लाग्यो हरियाली छायो अटुट नाता सम्बन्ध सधैँका लागि गाँसियो तर क्षणिक रहेछन् मेरा भावनात्मक कुरा टुटी गए यी निश्छल आँखाका सपना ।   मेरो सिउँदोमा थियो सिन्दूर तिम्रो नामको मेरो गलामा थियो मङ्गलसूत्र तिम्रो नामको मेरो कोखमा थियो बच्चा तिम्रो नामको अब भन के छ तिमीसँग मेरो नामको ?   के नाम दिउँ म हाम्रो सम्बन्धलाई ? वैवाहिक नाता बिचैमा अलमलमा पर्यो न तिम्रो गल्ती थियो न मेरो तर जीवनभर भएँ म एक्लो ।  …
Read More
युरोप पठाईदिन्छु भन्दै दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गर्ने ६ जना पक्राउ

युरोप पठाईदिन्छु भन्दै दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारी तथा भिजिट भिसामा युरोप पठाइदिने भन्दै दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौँ नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरे, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भइ काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, सोही ठेगाना भएका २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका-९ का २६ वर्षीय राजेश साउद, अछाम रामारोशन गाउँपालिका-१ का २५ वर्षीय टङ्कराज खनाल, काठमाडौँ धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अङ्गुर जिसीले…
Read More
बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

काठमाण्डौं-   पाल्पामा बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप जीतगढी झर्ने ओरालोमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।   घटनामा स्याङ्जा पुलतीबजार घर भइ बुटवल–१० बस्ने जीप चालक रामप्रसाद शर्मा, तिलोत्तमा–३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा–३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए।   घटनामा बुटवल–९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल–११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गएराति ९…
Read More
गर्मीका कारण चितवन कारागारका कैदीबन्दीमा विभिन्न रोगको समस्या

गर्मीका कारण चितवन कारागारका कैदीबन्दीमा विभिन्न रोगको समस्या

चितवन- गर्मीका कारण चितवन कारागारका कैदीबन्दीमा विभिन्न रोगको समस्या देखा परेको छ । कारागारका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको हो । कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ। उनले भने ‘अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ।’ साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उनले बताए। कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा झाडापखालाको समस्या देखिएको छ। उपचार गर्ने बजेट थोरै हुँदा कारागारमै उपचार भइरहेको उनले जानकारी दिए। अस्पताल लगेर भर्ना गर्नुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाइएको जिल्ला कारागार प्रमुख…
Read More
नेपाल र श्रीलंकाले अंक बाड्यो , नेपालको सुपर ८ मा पुग्ने सम्भावना कायमै श्रीलंका बाहिरियो , भिडियो सहित

नेपाल र श्रीलंकाले अंक बाड्यो , नेपालको सुपर ८ मा पुग्ने सम्भावना कायमै श्रीलंका बाहिरियो , भिडियो सहित

अमेरिका – आईसीसी टी २० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशालामा हुने भनिएको टि २० वोर्ल्ड कपको २३ औ खेल वर्षाको कारण रद्ध हुन पुग्दा नेपाल र श्रीलंकाले १-१ अंक बाडेको हो । बिहानै देखि भएको वर्षा बेलुकी ७:४५ मा रोकिएता पनि ८:15 बजेदेखि फेरि वर्षा भएको थियो। मैदानको मुख्य पिच छोपीए पनि आउटफिल्डमा पानी जमेको कारण खेल हुन सकेन । लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ। खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा आइपुगेका हजारौं दर्शकका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.