आज मितिः २०८३ बैशाख २० गते

ताजा अपडेट

सहकारी ठगी मुद्दामा सहायक क्याम्पस प्रमुख रावत पक्राउ

सहकारी ठगी मुद्दामा सहायक क्याम्पस प्रमुख रावत पक्राउ

काठमाडौँ सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान गर्न लमजुङ प्रहरीले बेंसीसहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदमबहादुर रावतलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले राउतलाई आइतबार बेंसीसहरबाट पक्राउ गरिएको जनाएको छ । उनी बेंसीसहर कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन व्यवस्थापक, अध्यक्ष तथा लेखा समितिका पदाधिकारी रहेको प्रहरीले जनाएको छ । लमजुङ जिल्ला अदालतको अनुमतिमा प्रहरीले ‘सहकारी ठगीसम्बन्धी मुद्दा’मा बेंसीसहरमा कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका वर्तमान अध्यक्ष ऋषिराम अधिकारीसहित १७ जनालाई साउन ५ गते र पछि केही दिनअघि १ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।
Read More
दुबईमा महालक्ष्मी बचत तथा सहकारीको तीज धमकाको तयारी पूरा

दुबईमा महालक्ष्मी बचत तथा सहकारीको तीज धमकाको तयारी पूरा

दुबई-   दुबईमा महालक्ष्मी बचत तथा सहकारीले गर्न लागेको तीज धमकाको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।   यहि आउँदो अगष्ट १० तारिख बर दुबईको ग्रयाण्ड एम्बास्डर होटलमा धमाका हुने र यसको लागि सबै कामहरू पूरा भएको आयोजकले जानकारी दिएको हो। कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको साथै स्थानीय कलाकारहरुको बेजोड प्रतुती रहने छ । कार्यक्रममा लोक दोहारी क्षेत्रकी चर्चित गायिका टिका सानुको प्रस्तुति रहने छ । अर्का गायक तथा हाँस्यव्यंग्य कलाकार पुरुषेत्तम भण्डारी वा पुर्खे बाको धमाका हुने जनाएको छ । कलाकारहरु शनिवार दुबई एअरपोर्टमा आउने र स्वागतको लागि एअरपोर्ट जाने, कार्यक्रम स्थल र व्यवस्थापन पनि पूरा भएको संयोजक…
Read More
उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक

उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक

२२ श्रावण, रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली "ह्याप्पी एनिभर्सरी" गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । मानन्धरलाई कोरस आवाजमा लक्ष्मी महर्जन र नारायणी महर्जनले साथ दिएका छन् । चितवनकै चर्चित साहित्यकार कमल अर्यालले गीतको शव्द तयार पारेका हुन् भने गीतको थेगो लेखन लक्ष्मी मानन्धरको रहेको छ । हरिशरण सायमीको संगीत संयोजन रहेको गीतलाई काठमाण्डौ स्थित स्ट्रिङ्ग्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोमा विष्णु…
Read More
मनमा एउटै सोच छ – बच्चाहरूको भविष्य उज्यालो बनाउछु – उर्मिला रोका

मनमा एउटै सोच छ – बच्चाहरूको भविष्य उज्यालो बनाउछु – उर्मिला रोका

करीब १५ बर्ष देखि अनबरत विदेश यात्रामा रहँदा आफ्नो जीवनको उतार चढाव तथा दुःख सुखको अनुभूतिमा यसरी प्रस्तुत हुनुहुन्छ झीमरुक गाउँपालिका ७ प्यूठानमा जन्मिएर माण्डवी गाउँपालिका २ मा कर्मभूमी बनाउनु भएकी उर्मिला रोका योगी । माध्यामिक शिक्षा पनि पूरा गर्न नपाउँदै विवाह बन्धनमा बाधिनु भएकी उर्मिला १७ बर्षमा बैदेशिक रोजगारीको शिलशिलामा कुबेदमा घरको काममा लाग्नु भयो । करीब डेढ बर्ष कुबेतको बसाईमा केही आम्दानी पश्चात नेपाल फर्कनु भयो ।   १६ बर्षको उमेरमा बाबु आमाले विवाह बन्धनमा बाधि दिनु भयो तत्पश्चात मेरा केहि ईच्छा आकांक्षाहरु मर्दै गयो उहाँले बताउनु भयो । १६ बर्षकी उर्मिलालाई ३५ बर्षीय श्रीमानसंग त्यस माथि पनि…
Read More
मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध

मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध

लमजुङ- मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका(१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन्। इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिए।  
Read More
लोडसेडिङ तालिका सार्वजनिक गरेपछि चितवन चनौली वितरण केन्द्रका प्रमुखको सरुवा

लोडसेडिङ तालिका सार्वजनिक गरेपछि चितवन चनौली वितरण केन्द्रका प्रमुखको सरुवा

चितवन- केही दिनअघि ‘लोडसेडिङ’ तालिका सार्वजनिक गरेपछि रुष्ट नेपाल विद्युत् प्राधिकरणले चितवनस्थित चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेको छ। श्रेष्ठले गत साउन १० गते लोडसेडिङकै झल्को दिने गरी विद्युत् आपूर्ति कट्टौती गर्ने सूचना जारी गरेका थिए। त्यसपछि देशमा फेरि लोडसेडिङ सुरु भएको भनी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको आलोचना भएको थियो।   यसपछि अहिले चनौली वितरण प्रमुख श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरेको हो। कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड ग बमोजिम उनलाई वितरण तथा ग्राहक सेवा निर्देशानालयअन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ। श्रेष्ठले लोडसेडिङ…
Read More
चितवनमा करेन्ट लागेर भाले गैंडा मर्‍यो

चितवनमा करेन्ट लागेर भाले गैंडा मर्‍यो

चितवन-   माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९:३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो। गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जनाउँदै कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताए।  
Read More
महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन, गत आर्थिक बर्षमा १३३ वटा घटना नियन्त्रणमा

महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन, गत आर्थिक बर्षमा १३३ वटा घटना नियन्त्रणमा

आशिष अधिकारी/ चितवन   चितवनको भरतपुर महानगरपालिका बिपद् तथा बिपद्जन्य घटनाहरुमा अब्बल सावित हुदै गएको छ । महानगरपालिकाले अहिले महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन गरेसगै महानगरले बिपद् तथा बिपद्जन्य घटनाहरुमा थप सफलता हात पारेको हो । यस पालिकाले भरतपुरको मात्र नभइ चितवन जिल्ला भरिकै आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । चितवन सगै छिमेकी जिल्ला नवलपुरमा यस महानगरको दमकलले बिभिन्न समयमा भए गरेका आगलागी तथा बिपद् एवं बिपद्जन्य घटनाहरुमा सहयोग गर्दै आइरहेको महानगरका बरुणयन्त्र अधिकृत देवेन्द्र राज रेग्मीले बताए । रेग्मीका अनुसार गत आर्थिक बर्ष २०८१र०८२ मा भरतपुर र नवलपुरमा गरेर १ सय ३३ वटा आगलागीका घटना भएका…
Read More
बागमतीमा बानियाँको मन्त्रिपरिषद्‌मा एमालेको ६ मन्त्रालय

बागमतीमा बानियाँको मन्त्रिपरिषद्‌मा एमालेको ६ मन्त्रालय

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्ति भएलगत्तै मन्त्रिपरिषद्‌मा को(को जाने भन्ने चर्चा सुरु भएको छ । सत्ता गठबन्धन एमाले र कांग्रेसले मन्त्रालयको संख्या भने भाग लगाइसकेका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाएका छन् । एमालेले आफ्ना ६ वटा मन्त्रालयमा पठाउने नाम अनौपचारिक रुपमा टुंगो लगाएको छ । एमालेले एक वर्ष पूरा भएका मन्त्रीहरुलाई बिदा गरेर नयाँ अनुसारलाई पठाउन लागेको छ ।   ६ जनामध्ये ५ जना नयाँ अनुहार भएको एमाले स्रोतले उल्लेख गरेको छ । एमालेले एक जना किरण थापालाई भने निरन्रता दिन लागेको छ । एमाले स्रोतले उल्लेख गरेअनुसार जयराम थापा, विन्दु श्रेष्ठ, भरत…
Read More

सहिद – खगेन्द्र धामी

मैले तिमी जस्ता, वीर योद्धाहरुलाई सम्झिँए, तिमी जस्ता अमर सहिदलाई सम्झिँए, तिमी जस्ता होनहार सपुतलाई सम्झिँए, जो आफ्नो ज्यानको बाजी लगायौ, देश अनि जनताको लागी लड्यौ, छातीमा गोलि खान तयार भयौ, अनि रगतका धारा बगाउन तयार भयौ१ कति महान् थियौ, तिमी, कति निस्वार्थी थियौ तिमी, कति निडर थियौ तिमी अनि कति बहादुर थियौ तिमी रु जो अन्तिम साससम्म, देशको लागि लड्यौ, यो माटोको लागि लड्यौ, देशको गौरवको लागि लड्यौ, स्वाभिमानको लागि लड्यौ, जनताको लागि लड्यौ, र त देशलाई बिजयको पथमा दोहोर्‍यायौ, निरङ्कुश सत्तालाई ढाल्यौ, अनि इतिहास रच्यौ, त्यसैले त तिमी मरेर गए पनि, तिमी जीबित छौ, हरेक मान्छेको फेर्ने सासमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.