पिडितको उद्धारमा दुबईको जेएमसि
रवि भट्ट /दुबई- देश वा विदेशमा कुनै व्यवसायमा लागेर मनग्य आम्दानि गर्नु, घर परिवार सुखि राख्नु, केही मनोरञ्जन गर्नु र आम्दानिको केही रकम समाजसेवामा लगाउनु स्वभाविकै हो । तर विदेशमा प्रतिस्पर्धात्मक व्यवसाय गरेर पनि पिडितहरुको उद्धार गर्नुमा खुशी रहेको बताउँछन् जेएमसिका संञ्चालक त्रय करण सेन ठकुरी, विजय श्रेष्ठ र फाल्गुणि पौडेल । दुबईको बरदुबईमा यी तीन युवाहरुले जेएमसि नामक एक कम्पनि संञ्चालनमा ल्याएका छन् । जेएमसि एक नाफामूलक व्यवसाय भए पनि उनिहरुले नेपालबाट दुवई आई अलपत्र परेकाहरुको लागि पनि केही उद्धार गर्ने सोच बनाएर प्रत्येक महिनाको अन्तिम हप्तामा एक जनालाई निशुल्क कागजात र हवाई टिकट उपलब्ध गराई नेपाल पठाउने…