आज मितिः २०८३ असार ४ गते

समाचार

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु

पोखरा : भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान हिजो तिहारका दिन आइतबारबाट सुरु गरेको छ।थाइले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानसस्थलमा हिजो उडान गरेको हो। यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र विहीबार उडान गर्नेछ। बिहान ७ बजे विमानस्थलमा जहाज अवतरण गरेको थियो। लगत्तै बिहान ७:४० बजे बैंकक प्रस्थान गरेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने छ ।विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए। भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ छ।
Read More
भाइटीकाको दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना

भाइटीकाको दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं-   यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए। “आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,” उनले भने, “तर पानी परे पनि क्षणिक रुपमा…
Read More
चितवनमा बेलुका ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

चितवनमा बेलुका ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु बेलुका ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ । साथै, देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने प्रशासनले जनाएको छ । कानून विपरित जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, भुईचम्पा, पटका र आतिसबाजी जस्ता विष्फोटक पदार्थहरुको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोगलाई निषेध गरिएको छ । मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवं सर्वसाधारणलाई असर पर्ने गरी सार्वजनिक…
Read More
चाडबाड शान्तिपूर्ण बनाउन ४८ हजार प्रहरी परिचालन

चाडबाड शान्तिपूर्ण बनाउन ४८ हजार प्रहरी परिचालन

काठमाण्डौं- गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागु गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ। सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन्। नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी गरिएको बताए। आगलागी, नाचगान, देउसीभैलो र जुवातासका कारण हुने हारजित र झैझगडा, मदिरा खाएर रातीमा होहल्ला गरेर समाजलाई नै प्रभावित पार्ने तथा आपराधिक घटना हुनसक्नेतर्फ मध्यनजर गरी सुरक्षामा उच्च निगरानी गरिएको उनले बताए। देशैभरका जिल्लाका सुरक्षा समतिको बैठक बसेर जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर…
Read More
तेस्रो खैरहनी  महोत्सव पुष ५ गतेदेखि हुदै ,फुड फेस्टिवल पनि हुने

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुदै ,फुड फेस्टिवल पनि हुने

कार्तिक १४ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिव एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिव १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग बाणिज्य संघ खैरहनिका अध्यक्ष…
Read More
चेपाङ बालवालिकालाई सपनाको सर्वोत्तम पिठो

चेपाङ बालवालिकालाई सपनाको सर्वोत्तम पिठो

रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ कोलभन्ज्याङका सीमान्तकृत चेपाङ समुदायका बालवालिकाहरुका लागि सर्वोत्तम पिठो वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले यहाँका ५७ जना बालवालिकालाई सर्वोत्तम पिठो वितरण गरेको हो । कोलभन्ज्याङमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सपना भिलेजका अध्यक्ष ध्रुब गिरीले बालबालिकाका लागि अभिभावकलाई पिठो हस्तान्तरण गरेका थिए । पौष्टिक आहारको अभाव र पेटभरी खान नपाएका कारण चेपाङ बालबालिकाहरुमा कुपोषणको समस्या देखिदै आएको छ । विकट पहाडी क्षेत्रका सीमान्तकृत चेपाङ समुदायका बालबालिकाहरुमा कुपोषणको समस्या विकराल बन्दै गएपछि पौष्टिक आहारको रुपमा सर्वोत्तम पिठो वितरण गरिएको सपना भिलेजका अध्यक्ष गिरीले बताए । गर्भबती महिलाले पेटभरी खान नपाउदा कमजोर…
Read More
सुनको मूल्य तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँ पुग्यो

सुनको मूल्य तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौँ- आज बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो ।   मंगलबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।   महासंघका अनुसार बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ । यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५…
Read More
डेंगीका भाइरस सक्रिय, कात्तिकभरि जोखिम हुने

डेंगीका भाइरस सक्रिय, कात्तिकभरि जोखिम हुने

  काठमाडौं- नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए। विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । “भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ”, उनले भने। शाखाका प्रमुख डा दाहालले कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए। उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए। डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । यस्तै देशभर २७…
Read More
रत्ननगर ९ को शुभकामना आदानप्रदान तथा सार्वजनिक सुनुवाई सम्पन्न

रत्ननगर ९ को शुभकामना आदानप्रदान तथा सार्वजनिक सुनुवाई सम्पन्न

१३ कार्तिक, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले आज शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारीले आर्थिक बर्ष २०८०/८१ मा वडाले सम्पन्न गरेको विकास निर्माण लगायत अन्य कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालिका साविक ७ नम्बर संस्थापक वडाध्यक्ष तथा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष माधव प्रसाद अर्यालले बिकास निर्माणको क्षेत्रमा सम्बन्धित सम्पूर्ण पक्षहरु जिम्वेवार भए मात्र लक्ष्य हासिल हुने बताउनुभयो । वडाले शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाकलाप, वालवालिका तथा मानसिक स्वास्थ्य समन्वयमा महत्वपुर्ण भूमिका निर्वाह गरेको अर्यालको भनाई थियो । उंहाले भन्नुभयो "विकास…
Read More
ठगी अभियोगमा मलेसियन नागरिकसहित चार जना पक्राउ

ठगी अभियोगमा मलेसियन नागरिकसहित चार जना पक्राउ

लहान- रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । लहानको एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ का २५ वर्षीय रामभरत यादव, ४२ वर्षीय रामाशङ्कर यादव, र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । ठ
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.