आज मितिः २०८३ असार ६ गते

समाचार

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्। सनातन वैदिक शास्त्रमा…
Read More
रत्ननगर-१६ मा मानसिक स्वास्थ्य सम्बन्धी सामुदायिक सचेतना कार्यक्रम 

रत्ननगर-१६ मा मानसिक स्वास्थ्य सम्बन्धी सामुदायिक सचेतना कार्यक्रम 

रत्ननगर पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १६ का महिलाहरुका लागी सामुदायीक सचेतना कार्यक्रम गरिएको छ।   रत्ननगर नगरपालिका वडा नं-१६ को आयोजना तथा नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थको सहकार्य रहेको सो कार्यक्रममा रनपा-१६ स्थित वनदेवि टोलका ५० जना महिलाहरुको सहभागीता रहेको थियो।   समन्वयात्मक सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत संचालित सो कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा मेन्टल हेल्थ कोअर्डिनेटर सुनिता जिरेल रहनुभएको थियो।   नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थ र वडा कार्यालयको साझेदारीमा आयोजित सो कार्यक्रममा मनोपरामर्श कर्ता सबिना भुसालले सहजीकरण गर्नुभएको थियो।   नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थको मुख्य कार्यालय भरतपुर-१०,मालपोत चोक स्थित मौलाकालिका अस्पताल नजिकै रहेको छ।  …
Read More
नेपाली क्रिकेटमा अनुभवी प्रशिक्षकको स्टुअर्ट ल को आगमन , कोर क्याम्प पनि सुरु ..

नेपाली क्रिकेटमा अनुभवी प्रशिक्षकको स्टुअर्ट ल को आगमन , कोर क्याम्प पनि सुरु ..

बैशाख १३ , चितवन । नेपाली क्रिकेटमा अनुभवी प्रशिक्षकको स्टुअर्ट ल को आगमन भएको छ । शुक्रबार राति नेपाल आइपुगेर शनिबार विहानै अन्तर्रक्रियामा सहभागी भएका ल सामान्य फुर्तिला देखिए भने नेपाली क्रिकेट टोली सम्हाल्नुअघि निकै उत्साहित पनि देखिए । सुरुवातमै उनले नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी पाउँदा उत्साहित रहेको बताउँदै उनले आफ्ना लागि ‘न्यु च्यालेन्ज’ भएको उल्लेख गरे । उनले नेपालमा धेरै प्रतिभा, चाहना र प्यासन भएका खेलाडीहरू देखेको र यहाँको समर्थकहरूमा देखेको क्रिकेटप्रतिको लगावले पनि आफू प्रभावित भएको उल्लेख गरे । प्रशिक्षक ल कै उपस्थितिमा आजदेखि काठमाडौंमा पुरुष क्रिकेट टोलीको कोर क्याम्प पनि सुरु भएको छ । उक्त क्याम्पबाट नेपालको…
Read More
तराईका भूभागमा तातो लहर तीन प्रदेशमा वर्षाको सम्भावना

तराईका भूभागमा तातो लहर तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं- हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई…
Read More
चितवनमा मोटरसाइकल ठोक्किंदा आगलागी ।

चितवनमा मोटरसाइकल ठोक्किंदा आगलागी ।

१२ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका–७ वंशिचोकमा दुई मोटरसाइकल ठोक्किंदा आगलागी भएको छ । आगलागीबाट एउटा मोटरसाइकल जलेर पूर्ण रुपमा क्षति भएको छ । आज बिहान ८ः४० बजे गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५३ प ११७३ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको लु २७ प २११७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।मोटरसाइकल ठोक्किंदा दुवै चालक घाइते भएका छन् । घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा ना ५३ प ११७३ का चालक २८ वर्षीय सविन कुमालको हात खुट्टामा चोट लागेका छ भने अर्को चालक ३५ वर्षीय रामकुमार महतोको दाहिने हात भाचिएको छ ।मोटरसाइकल आपसमा ठोक्किंदा आगो समेत…
Read More
सात दिनभित्र दर्ता नभए फेसबुक नेपालमा  प्रतिबन्ध लगाईने सञ्चारमन्त्री गुरुङको चेतावनी

सात दिनभित्र दर्ता नभए फेसबुक नेपालमा प्रतिबन्ध लगाईने सञ्चारमन्त्री गुरुङको चेतावनी

काठमाण्डौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी कार्यक्रममा उनले मेटालाई नेपालमा दर्ता हुन पटक–पटक सूचना जारी गरिए पनि कम्पनीले अटेर गरेको बताए । तेस्रो पटकको सूचनाको म्याद केही दिनअघि सकिएको उल्लेख गर्दै उनले अबको सात दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। उनले मेटाबाट नेपालमा सञ्चालित फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिरहेको बताए। अब सात दिनभन्दा बढी समय दिइँदैन। यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं। देशभन्दा ठूलो रे उनीहरू। उनीहरूको घमण्ड…
Read More
शिक्षामन्त्री पन्तले शिक्षकहरुलाई वार्तामा बोलाए

शिक्षामन्त्री पन्तले शिक्षकहरुलाई वार्तामा बोलाए

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन्। उनले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका हुन्। ुशिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,ु मन्त्री पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन्। हिजोमात्रै सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउन आदेश दिएको थियो । विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक तीन सातादेखि काठमाडौंमा आन्दोलनरत छन्। यसअघि शिक्षा मन्त्रालयले चैत २१ गते पनि महासंघलाई वार्तामा डाकेको थियो। त्यसपछि चैत २६ र २७ गते पनि सरकारलाई महासंघलाई…
Read More
आइतबारदेखि काठमाडौं उपत्यकामा मौसम बदली हुने

आइतबारदेखि काठमाडौं उपत्यकामा मौसम बदली हुने

काठमाडौं- काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज यहाँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ। महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, कर्णाली र…
Read More
आन्दोलित शिक्षकहरूलाई तीन दिनभित्र कार्यक्षेत्र फर्किन सर्वोच्चको आदेश

आन्दोलित शिक्षकहरूलाई तीन दिनभित्र कार्यक्षेत्र फर्किन सर्वोच्चको आदेश

काठमाडौं- आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र कार्यक्षेत्र फर्किन सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो। आदेशमा भनिएको छ( ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू।’ अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै रिट दायर गरेका थिए। उनले विद्यार्थीहरूलाई पठनपाठनको वातावरण मिलाइदिन भन्दै अन्तरिम आदेशको माग गरेका थिए। देशभरका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत छन्। शिक्षक…
Read More
विष खाएर बेहोस भएका वडाध्यक्ष विष्टको मृत्यु

विष खाएर बेहोस भएका वडाध्यक्ष विष्टको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा बेहोस अवस्थामा भेटिएका वडाध्यक्षको मृत्यु भएको छ। बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर विष्टको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार वडाध्यक्ष विष्ट बुधबार दिउँसो बेदकोट ताल नजिक बेहोस अवस्थामा भेटिएका थिए। उपचारका लागि विष्टलाई महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो।उपचारकै क्रममा बुधबार राति मृत्यु भएको छ । वडाध्यक्ष विष्टको विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.