आज मितिः २०८३ असार ६ गते

समाचार

आज एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।   सातै प्रदेशको…
Read More
बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

बैतडी- बैतडी सदरमुकाम भएर भूकम्प भएको छ। सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १स्४८ बजे पाँच दशमलव एक र २स्०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो।   लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताउनुभयो। भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ।
Read More
एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ।   महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत…
Read More
चितवनको कालिका नगपालिकाको अद्यावधिक बेरुजु सबैभन्दा कम, नेपालकै उत्कृष्ट दश भित्र 

चितवनको कालिका नगपालिकाको अद्यावधिक बेरुजु सबैभन्दा कम, नेपालकै उत्कृष्ट दश भित्र 

चितवन- चितवनका सातवटा स्थानीय तहमध्ये कालिका नगरपालिका हाल चितवन जिल्लामा सबैभन्दा कम अधावधिक बेरूजु कायम गर्न सफल भई प्रथम हुन सफल पालिका बनेको छ ।   यस पालिका हाल नेपालका ७५३ स्थानीय तहहरू मध्ये सबैभन्दा कम बेरूजु भएको शिर्ष १० पालिका भित्र सूचीकृत भएको उल्लेख गरिएको छ ।   २०७१ सालमा नगरपालिका स्थापना भएसंगै आर्थिक वर्ष २०७९/०८० सम्म कालिका नगरपालिकाको कुल बेरूजु रु २० करोड भएकोमा हालको स्थानीय तहको दोस्रो कार्यकालको जनप्रतिनिधि आएसंगै बेरुजु घटाउन प्राथमिकता राखि विभिन्न कार्यक्रमहरु गरेको छ ।   लेखा समितिका संयोजक टिकाराम रेग्मीका अनुसार विभिन्न असुल गर्नुपर्ने बेरुजु रकम अलुल गरि नगरपालिकाको खातामा जम्मा गरिएको…
Read More
नागढुंगा(नौबिसे सडक दिउँसो साढे चार घण्टा बन्द हुने

नागढुंगा(नौबिसे सडक दिउँसो साढे चार घण्टा बन्द हुने

काठमाडौं-   नागढुंगा–नौबिसे सडक खण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।   यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो ।   सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुंगा–नौबिसे सडक खण्ड बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।   यसको विकल्पमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।   नागढुंगादेखि नौबिसे सडक खण्डको मोड सुधार गरेर फराकिलो…
Read More
उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई चयन

उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई चयन

काडमाण्डौं- उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई चयन हुनुभएको छ । प्रगतिशील तथा पेशागत कानून व्यवासयी संगठन पिपिएलए नेपाल, उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको चौँथो अधिवेशनबाट भट्टराई अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा धर्मराज पौडेल, सचिवमा राजाराम घिमिरे, महिला सचिवमा लक्ष्मी सुवेदी, कोषाध्यक्षमा विशेष शर्मा सुवेदी र सदस्यहरुमा सुरेशबोहोरा, राम शरण चापागाई, बालकृष्ण थापा, ज्योती गुरुङ्ग, सुनिल खरेल, प्रशंसा चुडाल, क्रान्ती भट्टराई , सिमा सुवेदी, रिता देवी लुईटेल, वविता राई, विष्णु प्रसाद भारती, भरत न्यौपाने, सुदिप भण्डारी, राजेश रेग्मी, सन्तोष पराजुली, संगित ढुंगाना, ज्योती सापकोटा, नारदमुनी सिग्देल, मातृका खनाल, राम प्रसाद रिजाल, अनिता…
Read More
असिनापानी र हुरीले बैतडीमा घरको छाना उडायो

असिनापानी र हुरीले बैतडीमा घरको छाना उडायो

बैतडी-   हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन्। सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। हुरीले सिँगास गाउँपालिका-२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ। छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। टेकेन्द्रको टाउकोमा चोट लागेको छ। उनका अनुसार सिँगास-५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ। पाटन नगरपालिका-८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ। उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको…
Read More
चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

  झापा-   नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन्। कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेशको धनुषासम्म चट्याङको जोखिम रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोदिममा रहेका जानकारी दिइन्। उनका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन्। विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले उल्लेख गरिन्। घरगोठ र…
Read More
प्रधानमन्त्रीलाई मेयर बालेनको कडा जवाफ: “भ्रष्ट सिस्टमलाई म सपोर्ट गर्दिनँ”

प्रधानमन्त्रीलाई मेयर बालेनको कडा जवाफ: “भ्रष्ट सिस्टमलाई म सपोर्ट गर्दिनँ”

काठमाडौँ, - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा जवाफ दिएका छन्। गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले बालेनलाई अबदेखि सरकारी कार्यक्रममा नबोलाउन निर्देशन दिएका थिए। जवाफमा बालेनले भनेका छन्, "भ्रष्ट सिस्टमलाई म सपोर्ट गर्दिनँ।" बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारमाथि तीव्र आलोचना गर्दै लेखेका छन्, "जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशका सबै पार्टीका सबै लागेर भ्रष्टाचारी जोगाउछु भन्छ, त्यस्को नाइकेको कार्यक्रममा म गैदिनुपर्ने?" उनले थप भनेका छन्, "हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ। महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, हाम्रो नियतमा फरक पर्दैन।" यसअघि पनि बालेनले प्रधानमन्त्री…
Read More
डाइभर्सन’ बगाएपछि सडक बिहानैदेखि अवरुद्ध 

डाइभर्सन’ बगाएपछि सडक बिहानैदेखि अवरुद्ध 

काठमाण्डौ - हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ।   वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला)मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो।   वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.