आज मितिः २०८३ असार २ गते

समाचार

दुर्घटनामा दुइ जनाको मृत्यु

दुर्घटनामा दुइ जनाको मृत्यु

मोरङ दमकमा बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए। उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो। मृत्युहुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको हो ।      
Read More
चितवनको एक सहकाीमा तोडफोड

चितवनको एक सहकाीमा तोडफोड

चितवन- चितवनको भरतपुर –११  जागृती चोकस्थित हिमाली ब्राहमी महिला बचत तथा ऋण सहकारी संस्थामा तोडफोड भएको छ ।   सोमबार राति अज्ञात व्यक्तिले सहकारीको ढोकामा लगाएको ताल्चा फुटाई सिसि क्यामराको एनभीआर इन्टरकम डिभाइस चोरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।   मंगलबार बिहान ९ः४५ बजेको समयमा कर्मचारी कार्यालय पुग्दा ढोका फोरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर अनुसन्धान गर्ने क्रममा सहकारीको कार्यालय भित्र कागजपत्र छरिएको र सिसि क्यामराको डिभाइस चोरी भएको पाइएको प्रहरीले बताएको छ । चोरी गर्न अरु कुनै वस्तु नभेटेपछि आफु सिसि क्यामरामा देखिन सक्ने आशंकामा चोरले उक्त डिभाइस चोरेको हुन सक्ने चितवन प्रहरीका…
Read More
माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो ।   माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ ।   गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य…
Read More
कुश्माको एक सहकारीका अध्यक्ष जेल चलान

कुश्माको एक सहकारीका अध्यक्ष जेल चलान

पर्वत- कुश्मामाको माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो। श्रेष्ठसँगै कपास सफ्टवेयरका सञ्चालक प्रतिमान पौडेललाई पनि पुर्पक्षका लागि जेल चालन गर्न आदेश भएको छ। सहकारी ठगीमा श्रेष्ठ २० दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने यसअघि तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी र ग्रामीण विकास कृषि सहकारी संस्थाको ठगी प्रकरणमा प्रतिमान पौडेल पुर्पक्षका लागि थुनामै थिए। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार माता पाथिभरा बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको जनाउँदै बचतकर्ता अर्जुनकुमार श्रेष्ठलगायतले मुद्दा दायर गरेका थिए।…
Read More
आचार्यको योगदानले गीत–संगीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा दिनेछ- प्रधानमन्त्री

आचार्यको योगदानले गीत–संगीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा दिनेछ- प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–संगीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् ।     आज नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले स्व। आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–संगीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जली अर्पण चलिरहेको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । भजन शिरोमणि उपाधि पाएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई…
Read More
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते

चितवन-   राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धनका लागि भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते नारायणी नदी किनारमा हुँदैछ ।   भ्रमण वर्षमा करिब दुई लाख बाह्य तथा पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । भरतपुरमा पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने भ्रमण वर्षको अन्य उद्देश्यहरु हुन् । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी र राप्ती नदीले घेरिएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य भरतपुर हो । महानगरपालिका विविध सम्पदाहरूले भरिपूर्ण छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको…
Read More
सेञ्चुरी बैंकका दुई पूर्व सीईओसहित १० कर्मचारी पक्राउ

सेञ्चुरी बैंकका दुई पूर्व सीईओसहित १० कर्मचारी पक्राउ

काठमाडौं- सेञ्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जना कर्मचारीहरु पक्राउ परेका छन्। पक्राउ पर्ने पूर्वकर्मचारीहरु दीलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान र सुनील बस्नेत हुन्। उनीहरु सबै ऋण हिनामिना आरोपमा पक्राउ परेका हुन्। सेन्चुरी बैंक हालैमात्र प्रभुमा मर्ज भएको थियो। गत पुसमा प्रभु बैंकले सेञ्चुरीलाई १स्१ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। सेञ्चुरी बैंकमा रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको बताइएको छ। उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।  
Read More
वडा कार्यालयभित्र एक युवती मृत फेला

वडा कार्यालयभित्र एक युवती मृत फेला

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन्। आईतवार बिहान वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। बिहान योग गर्न जाने मान्छेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती भएको बताइएको छ। केही महिनापहिले उनीहरुले बिहे गरेका थिए। नगर प्रहरीलाई वडा कार्यालयमा क्वाटर दिइएको थियो। दम्पती त्यहीँ बस्ने गरेका थिए।  
Read More
संसद्‍मा सहकारी, मिटरब्याज पीडितदेखि पत्रकारले तलब नपाएको विषय

संसद्‍मा सहकारी, मिटरब्याज पीडितदेखि पत्रकारले तलब नपाएको विषय

काठमाण्डौं- प्रतिनिधिसभाको बैठकमा सांसदहरुले संसद्‍मा सहकारी पीडितदेखि मिटरब्याज पीडित, बाँदरले दिएको ठूलो दुःख र पत्रकारले तलब नपाएको विषयमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद विद्या भट्टराईले कास्कीका अधिकांश सहकारी समस्यामा परेको, सूर्यदर्शन सहकारी पीडितहरु सबैभन्दा बढी मारमा परेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिन्। “पोखरा महानगरमा तीन सय ६७ वटा सहकारी छन् । त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वयन आवश्यक छ”, उनले भनिन्। सांसद बिजुला रायमाझीले जनताका मागका सन्दर्भमा उठाइएका विषयलाई सम्बोधन गर्न माग गरिन्। सांसद बिना लामाले मिटरब्याज पीडितको समस्या समाधान हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण…
Read More
पर्खालले च्यापिएर एकको मृत्यु

पर्खालले च्यापिएर एकको मृत्यु

मकवानपुर- खानेपानीको काम गर्ने क्रममा हेटौँडामा शुक्रबार एक जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–५ सिँचाइटोलका ४० वर्षीय बसन्त महर्जनको ज्यान गएको हो। काम गर्दैगर्दा इँटाको पर्खाल ढल्न गई पर्खालले च्यापिएका महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भिर घाइते भएका थिए। महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताए।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.