आज मितिः २०८३ असार ३ गते

समाचार

नारायणगढ मुग्लिन सडकमा पहिरोले दुईवटा बस बगायो

नारायणगढ मुग्लिन सडकमा पहिरोले दुईवटा बस बगायो

काठमाण्डौ- मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजेतिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको छ। सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको प्रहरीले जनाएको छ। बसमा रहेका तीनजना यात्रु हाम फालेर बाहिर निस्केका छन्। उनीहरूका अनुसार सो बसमा ३० जना यात्रु थिए । बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको रहेको बताइएको छ। त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको…
Read More
आज तीन दलले  पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

आज तीन दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं-   थप तीन दल (जनमत, जसपा र राप्रपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेका छन्। बिहीबार दलहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे निर्णय लिएका हुन्। जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बिहीबार बसेको पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए। प्रतिनिधि सभामा जनमतका छ सांसद छन्। जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय समेत गरेको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। सो पार्टीको बिहीबार भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मतको विपक्षमा मतदान…
Read More
इङ्गल्यान्ड युरोकपको फाइनलमा

इङ्गल्यान्ड युरोकपको फाइनलमा

काठमाडौँ -   इङ्गल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड उपाधिनजिक पुगेको हो। नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए । तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाए। जितसँगै इङ्गल्यान्ड अव आगामी सोमबार उपाधिको लागि स्पेनको सामना गर्नेछ ।  
Read More
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

चितवन-   चितवनको मौवाखोलामा आज बिहान पहिरो खसेको छ । बिहान ५ बजे खसेको माथिबाट लेदोसहितको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।   बाटो दुईतर्फी खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको बताएको छ ।      
Read More
एमआरपीभन्दा धेरै मूल्यमा नुन बेचे तीन लाखसम्म जरिवाना

एमआरपीभन्दा धेरै मूल्यमा नुन बेचे तीन लाखसम्म जरिवाना

काठमाडौं-   आयो नुनको एमआरपीभन्दा धेरै मूल्य लिएर बिक्री गर्ने पसललाई ३ लाखसम्म जरिवाना हुने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गरेर बजारमा एमआरपीभन्दा धेरै मूल्यमा आयो नून बिक्री भइरहेको गुनासो आएकाले मूल्य धेरै लिएमा ३ लाखसम्म जरिवाना हुने बताएको हो। ‘साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएको छ। यस विभागबाट अनुगमन हुँदा काठमाडौं महानगरपालिका- १३ सोल्टीमोडस्थित म्याक्रो मिनी मार्टमा विभिन्न वस्तुको एमआरपीभन्दा बढी मूल्य लिई बिक्री वितरण भइरहेको पाइएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २० ठ बमोजिम अनुचित…
Read More
रवि लामिछाने क्लबबाट मात्रै निष्काशन भएको डा.मुकुल ढकालको भनाइ

रवि लामिछाने क्लबबाट मात्रै निष्काशन भएको डा.मुकुल ढकालको भनाइ

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले रवि लामिछानेको क्लबबाट मात्रै निष्काशन गरिएको बताउनु भयो । काठमाण्डौमा बुधबा् पत्रकार सम्मेलन गरी नेता ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निष्काशन गरिएको जिकिर गर्नुभयो । उहाँले सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीको केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो । ढकालले दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो । आफूलाई राजनीतिक दलको मूल्य, मान्यता विपरीत निलम्बन गरिएको र उपसभापतिबाट निलम्बनको पत्र दिन अवैधानिक रहेको उहाँले जिकिर गर्नुभयो । उहाँले…
Read More
२९ गतेको बिहानसम्म अत्यधिक वर्षा हुन सक्ने, ४३ जिल्लामा उच्च जोखिम

२९ गतेको बिहानसम्म अत्यधिक वर्षा हुन सक्ने, ४३ जिल्लामा उच्च जोखिम

काठमाण्डौं- मौसम पूर्वानुमान महाशाखाले आज देखि उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुने सम्भावना देखिएको जनाएको छ । यी दुबै प्रणालिहरुको प्रभावले २६ गतेको राती देखि मिति २९ गतेको बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कताको लागि विशेष बुलेटिन जारी गरिएको छ। मौसम विज्ञान महाशाखाका अनुसार पूर्णतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी…
Read More
चट्याङ लागेर दुई महिलाको मृत्यु, एक महिला घाइते

चट्याङ लागेर दुई महिलाको मृत्यु, एक महिला घाइते

काठमाडौ - बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छन् । राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
आज मध्यमदेखि भारी वर्षाको सम्भावना

आज मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं-   मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।   महाशाखाका अनुसार राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी…
Read More
भारी वर्षापछि राजमार्गहरु अवरुद्ध, हालसम्म ७४ जनाको मृत्यु, ८८ घाइते

भारी वर्षापछि राजमार्गहरु अवरुद्ध, हालसम्म ७४ जनाको मृत्यु, ८८ घाइते

काठमाडौं-   भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ । सोमबार साँझसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । यस्तै रोल्पाको सहिद राजमार्ग, रिडि–बाग्लुङ सडकखण्ड, स्याउलीवास–बाग्दुम्ला, चामे–बेँसीशहरलगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै सङ्खुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ । पहिराका कारण अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.