बाढीपहिरोमा २२८ जनाको मृत्यु, २५ सम्पर्कविहीन, १५८ जना घाइते
काठमाडौं- हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। १५८ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ। सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको मन्त्रालयले बताएको छ।