आज मितिः २०८३ आश्विन ९ गते

ब्रेकिङ न्यूज

कालिमाटीमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु

कालिमाटीमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु

काठमाडौं- काठमाडौंको कालिमाटीमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका(१४ कालिमाटीस्थित एलआरआई स्कुल नजिकै दुई समूहबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुई समूहबीच होलीमा भएको विवादलाई लिएर सोमबार झडप भएको हो। रोहित खड्का, विनय लामा र पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्का प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा काठमाडौंको ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोले रहेका छन्। उनको टाउकोमा गहिरो चोट लागेको थियो। नागढुंगा बस्ने २३ वर्षीय सन्दिप भुजेल, हेटौंडा घर भई हाल पुरानो नैकाप बस्ने २२ वर्षीय चक्रे भन्ने…
Read More
देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं-   हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागको एक–दुई…
Read More
कुलमानलाई हटाएकोमा सर्बत्र विरोध

कुलमानलाई हटाएकोमा सर्बत्र विरोध

काठमाडौं-   कुलमानलाई हटाएकोमा देशभर व्यक्ति तथा संघसंस्थाले विरोध जनाएका छन् । उनलाई हटाईएकोमा विरोध गर्दै शेखर कोइरालाले भनेका छन् विनाशकाले विपरीत बुद्धि नेपाली कांग्रेसका नेता कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले सरकारले कुशासनको निरन्तरताको यो अर्को कडी रहेको भन्दै यसको स्वामित्व सरकारमा सहभागी रहेको दल कांग्रेसले नलिने उनले बताएका हुन्। साथै, उनले सरकारका गतिविधिको विरोध गर्दै यसरी कतिदिन चल्ने र चलाउने भनी प्रश्नसमेत गरेका छन्।  
Read More
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

सुनसरी- माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड ९शिक्षक०ले मोबाइल अफ गरेका थिए । उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि…
Read More
रत्ननगरका एकल महिलालाई कानुनी सचेतना र साइबर अपराध सम्बन्धि अभिमुखीकरण

रत्ननगरका एकल महिलालाई कानुनी सचेतना र साइबर अपराध सम्बन्धि अभिमुखीकरण

रत्ननगर, चैत ११ । रत्ननगरका एकल महिलालाई कानुनी सचेतना र साइबर अपराध सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगर स्तरिय एकल महिला समन्वय समिति को आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा सोमबार एकल महिलाहरुका लागि कानुनी सचेतना, सकारात्मक सोच र साइबर अपराध सम्बन्धी १ दिने अभिमूखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा नगर स्तरिय एकल महिला समन्वय समिति सचिव तथा योग प्रशिक्षक गीता अधिकारीले सकारात्मक सोच, ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायक निरिक्षक गोविन्द परियारले साइबर अपराध र नेपाल बार एशोसियसन चितवन अध्यक्ष तथा वरिष्ठ महिला अधिकारकर्मी अधिबक्ता फुलमाया रानाभाटले कानुनी सम्बन्धित प्रशिक्षण दिएका थिए । महिला समन्वय समितिकी…
Read More
चितवनका शिवशिखर सहकारी पीडितले काठमाण्डौमा चैत १७ गते हुने आन्दोलनमा सहभागीता जनाउने

चितवनका शिवशिखर सहकारी पीडितले काठमाण्डौमा चैत १७ गते हुने आन्दोलनमा सहभागीता जनाउने

रत्ननगर, चैत ११ । वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय महाअभियान महासंघले चैत १७ गते काठमाण्डौमा आयोजना गरेको आन्दोलनमा चितवनका शिवशिखर सहकारी पीडितहरुले पनि सहभागिता जनाउने भएका छन् । शिवशिखर बहुउद्देश्यीय संस्था लिमिटेड संघर्ष समिति टाँडीले सोमबार पत्रकार सम्मेलनको आयोजन गरेर काठमाण्डौमा हुने आन्दोलनमा सहभागी हुने जानकारी दिंदै सम्पूर्ण शिवशिखर पिडितलाई सहभागी हुन अपिल समेत गरेको छ । चितवनमा संघर्ष समिति गठन गरेर रकम फिर्ताका लागि प्रयास गरेका पीडितहरुले विभिन्न चरणमा संघर्षको कार्यक्रम गर्दै आइरहेको समितिका अध्यक्ष सुरेसजंग पाण्डेले जानकारी दिए । उनले लामो समयसम्म पनि रकम फिर्ता हुन नसकेका कारण सडक संघर्षमा उत्रनु परेको भन्दै पिडितहरुलाई काठमाण्डौको हुने सडक संघर्ष…
Read More
एनआरएनए यूकेमा घले पक्षीय पुन: गहामगर चयन

एनआरएनए यूकेमा घले पक्षीय पुन: गहामगर चयन

लन्डन -   एनआरएनए यूकेमा घले समूहको नेतृत्वमा पुन: प्रेम गाहामगर चयन भएका छन्। बेलायतको अल्डरसटस्थित द प्यालेसमा आइतबार सम्पन्न एकता अधिवेशनले गाहामगरको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।     गाहामगर नेतृत्वमा आगामी दुई वर्षे कार्यकाललाई निर्वाचित ४२ सदस्यीय एनआरएनए यूके कार्यसमितिको उपाध्यक्षमा अनिल मल्ल, रिचर्ड गुरुङ, डा ओसिन लिम्बु, धन तामाङ र झलक पुन, महासचिवमा जुरेन्द्र खजुम, सचिवद्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई, महिला सचिवमा श्रीमती जानुका राई, कोषाध्यक्ष आवेश राई, सहकोषाध्यक्ष सुरेश केसी, महिला संयोजक मणिकला गुरुङ र युवा संयोजक विशाल राई छन्।       त्यसैगरि, कार्यसमिति सदस्यहरूमा किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल,…
Read More
नागढुङ्गा दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते 

नागढुङ्गा दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते 

काठमाडौँ - काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा  भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।   चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५/२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ ।  
Read More
इशान किसनको शतकमा हैदरावादको विजयी सुरुवात

इशान किसनको शतकमा हैदरावादको विजयी सुरुवात

१० चैत, काठमाडौं । इशान किसनको अविजित १ सय ६ रनको मद्धतले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा हैदरावादले विजयी सुरुवात गरेको छ । आज सम्पन्न आईपिएल क्रिकेटको दोश्रो खेलमा राजस्थान रोयल्स विरुद्ध जीत निकालेको हो । टस जितेर फिल्डिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ सय ८७ रनको लक्ष्य पाएको थियो । हैदरावादका लागी अविशेक शर्माले २४, ट्रेबिस हेडले ६७, नितिश कुमारले ३० त्यस्तै हेनरिक क्लासेंनले २४ रन बनाए । राजस्थान रोयल्सका लागी संजु सामसनले ६६, सिम्रन हेटमायरले ४२, शुभम दुवेले अविजित ३४ त्यस्तै ध्रुब जुरेलले आक्रामक ७० रन बनाए पनि जीतका लागी पर्याप्त हुन सकेन । राजस्थानले…
Read More
एसवाई प्यानलद्वारा चेपाङ संरक्षण केन्द्रलाई नगद सहित खाद्यान्न सहयोग

एसवाई प्यानलद्वारा चेपाङ संरक्षण केन्द्रलाई नगद सहित खाद्यान्न सहयोग

रत्ननगर । गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई सोमबार नगद सहित खाद्यान्न सहयोग गरिएको छ । रत्ननगर वडा नं १४ पिठुवामा अबस्थित एसवाई प्यानल लिमिलेडले सामाजिक उत्तरदायित्व बहन गर्दै नगद एक लाख सहित ४ लाखको खाद्यान्न सहयोग गरिएको कम्पनीका निर्देशकहरु अनिल सापकोटाले जानकारी दिए । केन्द्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कप्पनीका निर्देशक ली ह्वाङछुन, निर्दैशकहरु अनिल सापकोटा र अबिरल जिम्बाले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई एक लाखको चेक र खाद्यान्न हस्तान्तरण गरेका थिए । सो कम्पनीले ४ लाख बराबरको चामल, दाल र तेल प्रदान गरेको हो ।सो अबसरमा बोल्दै केन्द्रका अध्यक्ष शर्माले केन्द्र स्थापनाको इतिहासमै एसवाई प्यालनबाट सबै भन्दा ठुलो सहयोग भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.