आज मितिः २०८३ आश्विन ८ गते

ब्रेकिङ न्यूज

कोरिया पठाइदिन्छु भनेर साढे तीन लाख ठग्ने पक्राउ

कोरिया पठाइदिन्छु भनेर साढे तीन लाख ठग्ने पक्राउ

काठमाण्डौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Read More
सांसद बैरागीको आरोप: “उकासेको पनि देखियो, उकासिएको पनि”

सांसद बैरागीको आरोप: “उकासेको पनि देखियो, उकासिएको पनि”

काठमाडौं - नेकपा (एमाले)का सांसद दामोदर पौडेल 'बैरागी'ले शिक्षक आन्दोलनलाई उकासिएको भन्दै पूर्वप्रधानमन्त्रीको संलग्नता रहेको संकेत गरेका छन्। प्रतिनिधिसभाको बैठकमा उनले भने, "उकासेको पनि देखियो, उकासिएको पनि। त्यति मात्रै होइन, हिजो त पूर्वप्रधानमन्त्रीको फोटो पनि देखियो।" उनले आन्दोलनलाई भड्काउने प्रयास भएको र सरकारले संयमता अपनाएकाले ठूलो दुर्घटना टरेको दाबी गरे। सांसद बैरागीले शिक्षक आन्दोलनमा पूर्वप्रधानमन्त्रीको संलग्नता रहेको संकेत गर्दै आन्दोलनलाई भड्काउने प्रयास भएको आरोप लगाए। उनले सरकार संयमित रहेकाले ठूलो दुर्घटना टरेको दाबी गरे। साथै, उनले शिक्षा सेवा नियमावली जतिसक्दो चाँडो ल्याउन माग गरे। शिक्षक आन्दोलनको विषयमा विभिन्न सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद दीलेन्द्रप्रसाद बडूले आन्दोलनरत शिक्षकका माग…
Read More
आवासीय चिकित्सकको आन्दोलन २७औं दिनमा, माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन

आवासीय चिकित्सकको आन्दोलन २७औं दिनमा, माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन

काठमाडौं -आवासीय चिकित्सकहरूले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनलाई २७औं दिनसम्म निरन्तरता दिएका छन्। आज उनीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर सरकारको ध्यानाकर्षण गराएका छन्। गत चैत २१ गतेदेखि सेवा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आठौं तह बराबरको निर्वाह भत्ता सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने अडान दोहोर्‍याएका छन्। उनीहरूका अनुसार निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू अत्यधिक श्रम शोषणमा परेका छन्। उनीहरूले राखेका मुख्य मागहरूमध्ये हप्तामा ७२ घण्टाभन्दा बढी कार्य समय नहुने, वर्षको २८ दिन अनिवार्य बिदा दिने, किरिया तथा सुत्केरी बिदा आवश्यकतानुसार थप गरिनुपर्ने उल्लेखनीय छन्। आन्दोलनरत चिकित्सकहरूका अनुसार यी मागहरू चिकित्सकहरूको जीवनस्तर र पेशागत मर्यादा कायम राख्न अत्यावश्यक छन्।…
Read More
गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

  सिमकोट- सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।   सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको आज बिहान सदरमुकाम सिमकोटबाट जिल्लाबाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताउनुभयो । आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको प्रमुख भारतीले बताउनुभयो ।   प्रसवव्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चाको बसाइ ठाडो हुनुपर्नेमा तेर्सोे भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले जिल्लामा उपकरण, औजारलगायत दक्ष…
Read More
दाउन्नेमा वैशाख ३१ सम्म रातिको सवारी आवागमन रोकिने

दाउन्नेमा वैशाख ३१ सम्म रातिको सवारी आवागमन रोकिने

नवलपरासी- नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ। यसअघि यही वैशाख १५ गतेसम्म राति ११:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो। नवलरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११:०० देखि भोलिपल्ट बिहान ५:०० बजेसम्म आवागमन बन्द गरिने भएको हो। “दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता…
Read More
आज वर्षा र हिमपातको सम्भावना

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त नेपालको तराई भेगमा मौसम प्रणालीमा बंगालको खाडिबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। मंगलबार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। मंगलबार राति कोशी र मधेस प्रदेश लगायत देशको…
Read More
अर्घाखाँचीमा सवारी दुर्घटना हँदा सात जनाको मृत्यु

अर्घाखाँचीमा सवारी दुर्घटना हँदा सात जनाको मृत्यु

अर्घाखाँची सन्धीखर्क नगरपालिका-१० ढुङ्गे देउरालीस्थित सडकमा अर्घा मन्दिरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु.६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक स्याङ्जा वालिङ नगरपालिका-८ बस्ने ६० वर्षीय डम्बर बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोरङ, सुनवर्षी नगरपालिका-९ लक्ष्मी टोलस्थित सडकमा डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका(९ बस्ने २० वर्षीय साहवन आलमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर…
Read More
प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाही- सर्लाहीको धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध ७ लाख ७९ हजार २०५ बिगो कायम गरेर मुद्दा दायर गरेको हो। धनकौल गाउँपालिकाका(६ स्थित कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०/०८१ को प्राविधिक इस्टिमेट बमोजिम काम नगरी मिलेमतोमा रकम अनियमितता गरेको आयोगले जनाएको छ। आयोगले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाँचौं मोहम्मद रफिक र सबइन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीया कुमारी तथा वडा नं।…
Read More
क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्दा सुस्ता झोलुँगे पुल जोखिममा

क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्दा सुस्ता झोलुँगे पुल जोखिममा

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए । उनले भने, “क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकल कुदाउँदा पुल जीर्ण बनेको छ ।” सम्बन्धित निकायले निगरानी नगर्दा समस्या भएको उनको भनाइ छ । नारायणी नदीमा बनेको झोलुङ्गे पुलबाट नदी र त्यस वरपरको मनोरम दृश्य हेर्न उल्लेख्य मात्रामा आन्तरिक पर्यटक आउने गरेका छन् । पछिल्लो समय भारतीय पर्यटकको रोजाइमा समेत सुस्ताको झोलुङ्गे पुल परेको छ । पर्यटकका लागि भन्दा पनि सुस्तावासीलाई सहजता प्रदान गर्न पुल निर्माण गरिएको सुस्ता गाउँपालिकाका…
Read More
ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न आग्रह

ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न आग्रह

ललितपुर- ललितपुर महानगरपालिकाले भोलि मंगलबारदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। विद्यालय सञ्चालनका सन्दर्भमा सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम मंगलबारदेखि महानगरभित्रका सबै सामुदायिक विद्यालयमा पूर्ण रूपमा पठनपाठन क्रियाकलाप सञ्चालन गर्न महानगरले आग्रह गरेको हो। महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ। तर, उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता राजु महर्जनले सामुदायिक विद्यालयलाई गरेको पत्रमा भनिएको छ। सर्वोच्च अदालतले गत बिहीबार देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.