पौडी खेल्ने क्रममा खोलामा बेपत्ता बालकको शब फेला
भरतपुर खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका चितवनका एक बालक शव फेला परेको छ । रत्ननगर नगरपालिका–७ पडेरियास्थित बुढीराप्ती खोलामा बिहीबार पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता रत्ननगर–९ निवासी १५ वर्षीय अनमोल लम्सालको शव आज बिहान २ सय मिटर तल फेला परेको हो । शवको मुचुल्का उठाएर परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । रत्ननगर–७, पडेरियाको मामाघर आएका लम्साल साथिसंग खोलामा पौडी खेल्न गएका थिए । खोलाले बगाएर लगेको चप्पल ल्याउन जाने क्रममा उनलाई खोलाले २ सय मिटर तल बगाएको थियो । दिउँसो २ः०० बजे बेपत्ता भएका लम्साल…