आज मितिः २०८३ बैशाख १२ गते

ब्रेकिङ न्यूज

आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं - जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छभने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
Read More
आज अपराह्न ४ बजे रास्वपा सचिवालय बैठक बस्दै

आज अपराह्न ४ बजे रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं-   राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्दैछ। बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय चमतिमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो। बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल हुने हुने बताइएको छ। पार्टी सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुनः पक्राउ परेपछि रास्वपाको पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।
Read More
रास्वपाको ‘जनयात्रा’ शुभारम्भ चितवनबाट

रास्वपाको ‘जनयात्रा’ शुभारम्भ चितवनबाट

चितवन- चितवनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो । पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले सेखी झार्ने र बदला लिने नियतले नै रवि लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको जिकिर गर्नुभयो । ’यसअघि हिरासतमा राख्दा पनि यस्तै गरिएको थियो। त्यसैलाई…
Read More
आज रामनवमी, भगवान् रामको पूजा आराधना गरिँदै

आज रामनवमी, भगवान् रामको पूजा आराधना गरिँदै

काठमाडौँ- चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक…
Read More
घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

अछाम-   अछाममा घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो। चैतेदसैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उनको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो। उपचारका क्रममा शनिबार दिउँसो कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको छ।
Read More
जुत्ता मेलालाई उपभोक्ताको साथ, आज एक दिनमै ८ हजार ८ सयले गरे अवलोकन

जुत्ता मेलालाई उपभोक्ताको साथ, आज एक दिनमै ८ हजार ८ सयले गरे अवलोकन

भरतपुर – भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला २०८१/८२ लाई आज एकै दिनमा ८ हजार ८ सय उपभोक्ताले अवलोकन गरेका छन् । यस अघिको मेलामा आएर खरिद गरेको जुत्ता चप्पल हाल सम्म पनि प्रयोगमा आएको र मेलामा उपलव्ध जुत्ता चप्पल तथा छालाजन्य सामग्रीले आफुहरुलाई सन्तुष्ठ बनाएको उपभोक्ताहरु ले प्रतिक्रिया दिएका छन् । मेलामा आफु पहिले पनि आएको र यहाको जुत्ता चप्पलले आफु सन्तुष्ठ भएको कारण फेरी पनि आएको खैरहनी पर्सा निवासी भवानी लोहनी बताउछिन । भरतपुर ३ बेलचोकबाट आएका उपभोक्ता मधुसुदन श्रेष्ठ मेलामा उपलव्ध भएका जुत्ताले आफ्नो मन जितेका…
Read More
चितवन सेवा समाज नेपाल(अ.स.स)को नयॅा वर्ष २०८२ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

चितवन सेवा समाज नेपाल(अ.स.स)को नयॅा वर्ष २०८२ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

  चितवन सेवा समाज नेपालले २२ गते शुक्रवार आफ्नै कार्यालयमा चैते दशै नयॅा वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको सभापतित्व प्रमुख‌ अतिथि संस्थाका सद्भावना दुत सोम‌ नाथ सापकोटा तथा भित्तेपात्रों छपाइका संयोजक इश्वरराज अधिकारी संस्थाका दि.उपाध्यक्षको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा मिडिया कोडिनडोर रवी भट्ट ,वरिष्ठ उपाध्यक्ष लाल भट्ट ,सचिव शकुन्तला न्यौपाने ,महिला उपाध्यक्ष प्रभा पौडेल, वरीष्ठ रक्तदाता विदुर के.सी,चितवन समाज युएई का पूर्व उपाध्यक्ष जगत क्षेत्री,रत्ननगर संयोजक रामु पौडेल, महानगर संयोजक जयन्ती अधिकारी, चितवन सेवा समाज साईप्रसका अध्यक्ष लक्ष्मी , चितवन सेवा समाज कतारका पूर्व अध्यक्ष भुमी राज रेग्मी,लगाएतका विशिष्ट व्यक्तिहरु तथा…
Read More
अझै दर्ता भएन चार वर्षअघि बाँडिएको लालपुर्जा

अझै दर्ता भएन चार वर्षअघि बाँडिएको लालपुर्जा

चितवन- चितवनमा भूमि आयोगले वितरण गरेको जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) को स्रेस्ता र नक्सा कायम नहुँदा लालपुर्जा पाएकाहरू चिन्तित भएका छन्। भरतपुर महानगरपालिका वडा नं २ स्थित आँपटारीका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीले लालपुर्जा पाएको चार वर्ष पुगे पनि अहिलेसम्म स्रेस्ता र नक्सा कायम नहुँदा जग्गा नपाइने हो कि भन्ने चिन्तामा उनीहरू रहेका हुन्। अहिलेसम्म स्रेस्ता र नक्सा नपाएपछि उनीहरूले भूमि समस्या समाधान आयोगमा ज्ञापनपत्रसमेत बुझाएका छन्। भूमिहीन दलित सुकुमवासी र भूमिहीन सुकुमवासीसँग ज्ञापनपत्र बुझाउन पुगेका भरतपुर महानगरपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठले लालपुर्जा पाएकाहरूको समस्या समाधान गरिदिन अनुरोध गरेका छन्। ‘लालपुर्जा वितरण गरिएको चार वर्ष…
Read More
सर्बिया पठाइदिन्छु भनेर ३२ लाख ठगी गर्ने पक्राउ

सर्बिया पठाइदिन्छु भनेर ३२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं-   प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै रु ३२ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए। “सुरेशले सर्बिया पठाइदिने भन्छु भन्दै पाँचजना पीडितहरूबाट रु ३२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको हो ।” पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले बताए।
Read More
काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार ग¥यो

काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार ग¥यो

काठमाण्डौं-   काठमाडौं उपत्यकाको वायु प्रदूषण कम गर्न विज्ञहरूले विभिन्न सुझाव दिएका छन्। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँगको भेटमा विज्ञहरुले सरकारलाई सुझाव दिएका हुन्। काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेपछि सरकारले प्रदूषण कम गर्न विज्ञको सुझाव लिएको हो। विज्ञहरूले वायु प्रदूषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सुझाएका छन्। त्यस क्रममा विज्ञहरुले सातामा दुई दिन कार्यालय बिदा दिन तथा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएका थिए। विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेको छ। एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.