चट्याङ लागेर एकको मृत्यु
काठमाण्डौं- सिन्धुलीमा हिजो शनिबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दुधौली नगरपालिका(४ पाखाभित्ता बस्ने वर्ष ७० का पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । मकै बारीमा घाँस काट्न गएका बुढाथोकी बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारको लागि नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।