मोटरसाइकल दुर्घटनामा चितवन रत्ननगरका एक पुरुषको मृत्यु
चितवन- गुडिरहेको बसमा मोटरसाइकल ठोक्किँदा चितवन रत्ननगर नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–१ बस्ने ४७ वर्षीय अर्जुन तामाङ रहेका छन् । आइतबार राति ८ः४५ बजे राप्ती नगरपालिका–१ महादेवटारमा हेटौंडाबाट भण्डारातर्फ आउँदै गरेको ना ३९ प ५०४८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट जाँदै गरेको बा प्र ०३–००१ ख २५३६ नम्बरको यात्रुबहाक बसको पछाडि पट्टिको साइडमा ठोक्किएको थियो ।