खैरहनी महोत्सव सुरु,उत्पादन बढाउन निति र कानुन सहज बनाउनु पर्नेमा मन्त्री पाण्डेको जोड
पुस ५ गते । उद्योग ,कृषि ,पर्यटन खैरहनी नगर बिकासको मुल आधार भन्ने नाराका साथ तेस्रो खैरहनी महोत्सव शुक्रबार सुरु भएको छ । उद्योग बाणिज्य संघ खैरहनीको आयोजनामा सुरु भएको महोत्सवको भब्य समारोहका बीच संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरे । खैरहनी २ स्थित लदरी खोला किनारमा सुरु भएको महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पाण्डेले चितवन पर्यटनको राजधानी बन्न सक्ने बताए । त्यसका लागि सरकारको तर्फबाट आवश्यक निति ,आर्थिक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । मन्त्री पाण्डेले मेला महोत्सवमा आयातीत बस्तुको बढी बिक्री हुने गरेको तर्फ इङ्गित गर्दै स्वदेशी उत्पादनलाई…