आज मितिः २०८३ असार ३ गते

रवि भट्ट

1058 Posts
मुक्तक

मुक्तक

मुक्तक- झिलमिल् भएर पनि शहर झिलमिल जस्तो लागेन। उदार दिल पनि कोही बेला दिल जस्तो लागेन। भीडहरुमा आफूलाई एक्लोपनको आभाष भयो तिमी नहुँदा महफिल महफिल जस्तो लागेन॥। पूजा अपेक्षा युएई
Read More
दशैंमा मौसम सफा रहने

दशैंमा मौसम सफा रहने

काठमाडौं-   जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा…
Read More
राजधानीबाट दैनिक करीब एक लाख बाहिरिँदै

राजधानीबाट दैनिक करीब एक लाख बाहिरिँदै

काठमाडौं- काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका छन् । उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, “आइतबार र मङ्गलबारको तुलनामा अहिले यात्रा गर्नेको सङ्ख्या बढेको छ ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् । नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए। हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग…
Read More
भारतबाट २० वटा बेलीब्रिज ल्याउने सरकारी तयारी

भारतबाट २० वटा बेलीब्रिज ल्याउने सरकारी तयारी

चौतारा-   बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको छ। सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन्। उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए। सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुगेका थिए। गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्‍याएको क्षतिबारे छलफल भएको थियो । उनीहरु सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात…
Read More
चितवनमा चित्तल मारेर लैजान लागेका एकजना पक्राउ

चितवनमा चित्तल मारेर लैजान लागेका एकजना पक्राउ

चितवन- यहाँस्थित पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका–६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परेका हुन् । निजको साथमा रहेको बोराभित्र दुईवटा मृत चित्तल राखेको भेटिएको थियो । पौडेलका अनुसार चित्तल गोली हानेर मारिएको हो ।   पक्राउ परेका लामासँगै अन्य चार मोटरसाइकल फेला परेको छ । उनीसँगै आएका मोटरसाइकलमा सवार केही व्यक्ति फरार भएका छन् । निजहरुले गोली हानेर चित्तल मारेको सूचनाको आधारमा सोमबार इलाका प्रहरी…
Read More
दोलखामा झगडापछि बिरामी परेका युवकको मृत्यु

दोलखामा झगडापछि बिरामी परेका युवकको मृत्यु

दोलखा- दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। विगु गाउँपालिका–२ वराङका २२ वर्षीय धीरज ठकुरीको मृत्यु भएको हो। स्थानीयका अनुसार दुई दिनअघि गाउँकै २९ वर्षीय नारायण तामाङसँग झगडापछि ठकुरी बिरामी परेका थिए। सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकामा ठकुरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अस्पतालको प्रारम्भिक ‘एक्सरे रिपोर्ट’मा मृतकको छातिको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको प्रहरीको भनाइ छ। मृतकको शव परीक्षणका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल ल्याइएको छ। ठकुरीसँग झगडा गरेका तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले घटनाबारे अनुसन्धान भइरहेको र…
Read More
दसैँमा पनि पानी पर्ने सम्भावना

दसैँमा पनि पानी पर्ने सम्भावना

काठमाडौं-   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ। मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताए। ुयसपटक मनसुन बाहिरिने समय र दसैं एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,ु उनले भने, ुतसर्थ यो दसैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।ु
Read More
सूचीकृत बेरोजगारलाई पुनर्निर्माणमा खटाइने

सूचीकृत बेरोजगारलाई पुनर्निर्माणमा खटाइने

काठमाडौं- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपद्पछिको पुनःनिर्माणमा खटाउन सक्नेगरी कार्यविधि संशोधन गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०७७’ संशोधन गरी सूचीकृत बेरोजगार व्यक्तिलाई विपद्पछिको पुनःनिर्माणमा लगाउन सक्ने व्यवस्था गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संशोधित कार्यविधिअनुसार बेरोजगारको सूचीमा रहेका नागरिकलाई विपद् प्रतिकार्य र पुनःनिर्माणमा लगाउन सकिने जानकारी दिए। कार्यविधिमा ‘विभिन्न विपद्को अवस्थामा सूचीकृत बेरोजगार व्यक्तिहरूलाई परिचालन गरी तत्काल राहत तथा विपद् न्यूननीकरण गर्न कार्यपालिकाले निर्णय गरी दफा ४ को उपदफा ९२० बमोजिमको मर्मतसम्बन्धी रोजगार आयोजना सञ्चालन गर्न सकिनेछ’ भन्ने बुँदा थप…
Read More
देशभर पश्चिमी वायुको प्रभाव

देशभर पश्चिमी वायुको प्रभाव

  काठमाडौं- अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ। विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ। ती प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ। यसैगरी आज राती कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी…
Read More
विपी राजमार्ग दशैंअघि नखुल्ने

विपी राजमार्ग दशैंअघि नखुल्ने

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैंअघि नखुल्ने बताएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले पूर्वी तराईलाई जोड्ने छोटो दूरीको यो सडक मार्ग तत्काल खुल्न नसक्ने प्रष्ट पारेका हुन् । मन्त्रालयको टोलीले स्थलगत अवलोकन गरेर आएको भन्दै उनले दशैं अगाडि विपी राजमार्ग खुल्ने सम्भावना नरहेको बताए । उनले भने, ‘खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धारमात्र गरिनेछ । अन्य सवारीसाधन चलाउन सकिने गरी खुलाउन नसकिने अवस्था छ ।’ असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ । त्यसमध्ये ७७४ स्थानको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.