पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ को बेल्जियममा विमोचन
बेल्जियम- नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ को आइतबार बेल्जियममा विमोचन गरिएको छ। अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतका अतिथिहरूले पुस्तकको विमोचन गरेका हुन्। त्यस क्रममा राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरूले बुझ्न सके देश विकासमा ठुलो सहयोग पुग्ने बताए। ‘प्रवासका फूलहरू’ पुस्तक युरोपका नेपालीहरूको दस्ताबेजको रूपमा रहने भएकाले पनि इतिहास बन्ने उनको धारणा थियो। पुस्तकमार्फत विदेशमा रहने नेपालीहरूको प्रतिनिधि भोगाइ तथा सत्य कथाबाट युवापुस्तालाई सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास व्यक्त गर्दै राजभण्डारीले प्रवास बसाइका अनुभव, संघर्ष…