आज मितिः २०८३ असार ४ गते

रवि भट्ट

1058 Posts
रत्ननगर उवासंघद्वारा प्रजिअ र एसपीलाई स्वागत

रत्ननगर उवासंघद्वारा प्रजिअ र एसपीलाई स्वागत

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले बुधबार विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलाई स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले संघको संक्षिप्त जानकारी दिदँै नेपाल भारतको खुल्ला सिमाना, सौराहाको पर्यटन विकास, दुर्घटना न्यूनीकरणका लागि चालक सचेतना कार्यक्रम, लागु औषधको कारोबार निरुत्साहित तथा व्यवसायिक सुरक्षाको विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रहरी उपरीक्षकलाई जानकारी गराएका थिए । कार्यक्रममा व्यवसायीहरुले भारतबाट अबैध रुपमा भित्रिने कृषि तथा पशुजन्य उत्पादनका कारण नेपाली उत्पादनले बजारमा पाउन नसकेको भन्दै ध्यानकर्षण गराएका छन् । चितवन दुग्ध, पोल्ट्री, माछा र…
Read More
रत्ननगरमा जलबायु कार्ययोजना निर्माण गर्न कार्यशाला

रत्ननगरमा जलबायु कार्ययोजना निर्माण गर्न कार्यशाला

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पञ्चबर्षीय जलबायु कार्ययोजना निर्माणको लागि बुधबार कार्यशाला गरिएको छ । वन्यजन्तु संरक्षण संघ नेपालको सहकार्यमा नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा वन डढेलो नियन्त्रण, पानीको मुहान संरक्षण, खाद्यबालीमा रोगकीरा नियन्त्रण र बाढीको पूर्वतयारीमा केन्द्रीत भएर नगर स्तरीय कार्ययोजना निर्माण गरिने छ । कार्यक्रममा जनप्रतिनिधि, निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, सामुदायिक वनका प्रतिनिधि, निजी क्षेत्र, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको वन्यजन्तु संरक्षण संघ नेपाल चितवन शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । सहगागीहरुलाई तीन समुहमा विभाजग नगरी जलबायु परिर्वतनको असरले परेको समस्या पहिचना र सामधानका उपायहरुको खोजी गरिएको थियो । समुहगत छलफलका क्रममा आएका विषयहरुलाई…
Read More
मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

काठमाण्डौं- पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल ससुरालीबाट पक्राउ परेका छन् ।     जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   सहकारी ठगीमा संलग्न रहेका लम्साल लामो समयदेखि फरार थिए । ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयले गत वर्ष जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएको थियो ।  
Read More
आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषि,…
Read More
शारजाहबाट गएका ३ जना पाँच किलो सुनसहित काठमाण्डौं विमानस्थलबाट पक्राउ

शारजाहबाट गएका ३ जना पाँच किलो सुनसहित काठमाण्डौं विमानस्थलबाट पक्राउ

काठमाडौं- शारजाहबाट काठमाडौँ गएका त्ीन जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच किलो सात सय ग्राम सुनसहित पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ गएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।
Read More
भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन : भरतपुर महानगरपालिका–१ रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।सोमवार साँझ ६ः२० बजेको समयमा मुग्लिङबाट आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले रामनगरको परेवाश्वरी पेट्रोल पम्प अगाडि बिपरीत दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते भएका भरतपुर–१४ बस्ने ५४ वर्षीय धनप्रसाद भट्टको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भट्टलाई चिकित्सकले सोमवार साँझ ६ः५० बजे मृत घोषणा गरेका हुन् ।दुवै सवारी साधन र बस चालक राप्ती नगरपालिका–२ गडौली बस्ने ३६ वर्षीय काजी बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
सभापति रवि लामिछाने अदालतमा, निषेधित क्षेत्र तोड्ने कार्यकर्तामाथि अश्रुग्यास

सभापति रवि लामिछाने अदालतमा, निषेधित क्षेत्र तोड्ने कार्यकर्तामाथि अश्रुग्यास

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा नाराबाजीसहित प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ। लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै आज रास्वपाका कार्यकर्ताले सडकमा प्रदर्शन थालेका थिए । रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका बेला प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास हानेको हो । लामिछानेको समर्थनमा प्रदर्शन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस…
Read More
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, निर्णायक हुन्छ नेपाली भाषीको मत र?

अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, निर्णायक हुन्छ नेपाली भाषीको मत र?

वासिङ्टन डिसी - विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ। सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्। निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट ९मतदान गर्न अनिर्णित मतदाता भएको राज्य० को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो। मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली…
Read More
सुरु भयो छठ, कुन दिन के गरिन्छ ?

सुरु भयो छठ, कुन दिन के गरिन्छ ?

जलेश्वर- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो। छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भङ्गाहाका सम्पूर्ण सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आइएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लालकर्णले बताए। सत्य…
Read More
द्वारिका नेपाल स्मृति पुरस्कार गजलकार अनुजलाई

द्वारिका नेपाल स्मृति पुरस्कार गजलकार अनुजलाई

चितवन – भरतपुर-४ निवासी गजलकार विनोद अनुज द्वारिका नेपाल स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन् । गजल मञ्च चितवनको नवौं अधिवेशनमा गजलकार अनुजलाई पुरस्कार अर्पण गरिएको हो । अधिवेशन उदघाटन समारोहका प्रमुख अतिथि गजल मञ्चका पूर्वअध्यक्ष प्रभाकर पण्डितले गजलकार अनुजलाई सम्मानपत्रसहित पुरस्कार अर्पण गरेका हुन् । गजल मञ्चको अध्यक्ष भइरहँदा २०७८ साल असोजमा दिवंगत भएका द्वारिका नेपालको स्मृतिमा सोही वर्ष गजल मञ्चले पुरस्कार स्थापना गरेको थियो । भरतपुर घर भई हाल अस्ट्रेलियामा रहेका भानु खरेलले पुरस्कार सौजन्य गरेका हुन् । पुरस्कारको राशी २५ हजार रूपैयाँ छ । पुरस्कृत स्रष्टा अनुजले कार्यक्रममा केही गजल सुनाएका थिए । उनले पुरस्कारको रकम भरतपुर ४…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.