भ्रष्टाचारलाई नाइ भनौं हरेक नाइको अर्थ हुन्छ
आज डिसेम्बर ९ अर्थात भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस। आजको दिन संसारभरि भ्रष्टाचार विरुद्धको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित रहेर जनचेतानामूलक कार्यक्रमहरु गर्ने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । राष्ट्र संघले सन् २००३ मा भ्रष्टाचार विरुद्ध लड्ने एकमात्र अन्तर्राष्ट्रिय कानुन पारित गरेको दिनलाई विश्व दिवसका रूपमा मनाउन थालिएको हो । यो महासन्धिमा १८३ मुलुकले हस्ताक्षर गरेका छन् भने १४० मुलुकले अनुमोदन गर्नुका अतिरिक्त भ्रष्टाचार विरुद्ध ७ सन्देश प्रवाह गरेको छ । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको…