काठमाण्डौको सहयोग चितवनको आधारभूत विद्यालय न्यूरेनीमा
चितवन - साेसियल ईनाेभेसन क्लव प्राईम कलेज काठमाडाैले चितवन कालिका स्थित श्री आधारभूत विद्यालय न्यूरेनीमा सहयोग हस्तान्तरण गरेको छ । सो विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई साेसियल ईनाेभेसन क्लव प्राईम कलेज काठमाडाैले ट्रयाक सुट सहयोग गरेको हो । कार्यक्रमका विशिष्ठ अतिथि कलेजका कोर्निडिनेटर नीरज थापा मगर, अतिथिहरु क्लबका प्रेसिडेन्ट विजिता पाेख्रेल साथै क्लबका भाइस प्रेसिडेन्ट आभाष देवकाेटा तथा समाजसेवी कमल पुडासैनीको सहयोगमा सो सहयोग प्रदान गरिएको हो । विद्यालयले उनीहरूलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफ्नो छोरीको जन्मदिनको उपलक्ष्यमा मञ्जु पुडासैनी तथा कृष्ण देवकोटाले एकथान दराज प्रदान गरेका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकृष्ण…