आज मितिः २०८३ असार ३ गते

रवि भट्ट

1057 Posts
गठ्ठाघर घटनाबारे गृहमन्त्रीले छानबिन गर्न आईजीपीलाई निर्देशन

गठ्ठाघर घटनाबारे गृहमन्त्रीले छानबिन गर्न आईजीपीलाई निर्देशन

काठमाडौं-   गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न आइजीपीलाई निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी बसन्त कुँवरलाई निर्देशन दिएका हुन्। ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो र? दुर्घटना हुनुमा कसैको गल्ती छ किर ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुस्,’दुर्घटनाबारे उनले भने। बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो। ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको सनाखत भइसकेको छैन। सुरुमा मृतक महिला बताइए पनि पछि…
Read More
दुबईमा नवलपुर सेवा समाजले २५ अगष्टमा तीज विशेष कार्यक्रम गर्ने

दुबईमा नवलपुर सेवा समाजले २५ अगष्टमा तीज विशेष कार्यक्रम गर्ने

रवि भट्ट/बरदुबई- दुबईमा रहेको सामाजिक संस्था नवलपुर सेवा समाज दुबईले आउँदो २५ अगष्टमा तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । दुबईस्थित याक एण्ड यति एभरेष्ट क्लबमा २५ अगष्ट आईतबार गायक रमेशराज भट्टराई र गायिका संझना लामिछाने मगरलाई आमन्त्रण गराई कार्यक्रम गर्न लागिएको हो । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा विपन्न विद्यालय सहयोग अक्षयकोष निर्माणार्थ कार्यक्रम आयोजना गरिएको नवलपुर सेवा समाज दुबईका अध्यक्ष गोपाल पराजुलीले जानकारी दिनु भयो । कार्यक्रममा रमेशराज भट्टराई र संझना लामिछाने मगरको लोक दोहोरीको साथमा सविता आले मगर र विन्दु पाण्डेको नृत्य तथा अर्जुन न्यौपानेको लोक भाका प्रस्तुत हनेछ । लिलाक एचआर कन्सल्टेन्सि मूख्य प्रायोजक…
Read More
दोश्रो चितवन गोल्डकप अशोज ३ देखि १२ गते सम्म , मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट।

दोश्रो चितवन गोल्डकप अशोज ३ देखि १२ गते सम्म , मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट।

चितवन । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा असोज ३ गतेदेखि १२ गते सम्म हुने दोश्रो संस्करणको चितवन गोल्डकपको प्रायोजन गोल्डेन ईमिनेन्टले गर्ने भएको छ । आज बिहीबार आयोजक बिएफसी र गोल्डेन ईमिनेन्टबीच मुख्य प्रायोजनको सम्झौता भएको हो । सम्झौता पत्रमा क्लबका तर्फबाट संयोजक धुर्व भुसाल र गोल्डेन ईमिनेन्टका तर्फबाट प्रवन्ध निर्देशक प्रकाश रिजालले हस्ताक्षर गरेका हुन् । प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिता संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित मफोसलका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए । प्रतियोगिताका खेलहरु नेपाल…
Read More
रोजगारीको राम्रो अवसर छ दुबईमा तर नेपालीले नेपालीलाई ठग्ने प्रवृत्ति बढ्दो छ – नारायण भुषाल

रोजगारीको राम्रो अवसर छ दुबईमा तर नेपालीले नेपालीलाई ठग्ने प्रवृत्ति बढ्दो छ – नारायण भुषाल

रोजगारीको सिलसिलामा भारत र खाडी मुलुकमा गरेर तीन दशक विताएका नवलपरासी गैडाकोटका नारायण भुषाल यति बेला दुबईमा रहेका छन् । हातमा ईलम भएका दक्ष कामदारहरुले राम्रो तलबमा दुबईमा काम पाउन सक्ने बताउँछन् उनि । नेपालमा रोजगारविहीन भएर बसेकाहरु खाडी मुलुकमा हतारीएर जानु भन्दा पनि नेपालमा नै आपूmले केही काम सिकेर तयारी गर्नु पर्ने बताउँदै भुसालले भने, होटलको लागि वेटर, कुक सबैभन्दा राम्रो तलब भएकोले नेपालमा सिकेर आउँदा यहाँ आकर्षक तलब पाउने बताए । नारायण भुषालसंग सामान्य होटल देखि पाँच तारे होटससम्म काम गरेको अनुभव छ । एसएलसिसम्मको अध्ययन गरेर १८ बर्षको उमेरमा भारतमा वेटरबाट काम शुरु गर्दै ६ बर्ष विताए…
Read More
काठमाडौंको एक काठ उद्योगमा आगलागी

काठमाडौंको एक काठ उद्योगमा आगलागी

काठमाडौं-   काठमाडौंको सानो भर्‍याङस्थित एक काठ उद्योगमा आगलागी भएको छ। मंगलबार राति करिब ९ बजे इचंगुनारायण काष्ठ उद्योगमा आगलागी भएको हो। उक्त उद्योग पृथ्वीबहादुर थापाले सञ्चालन गरेका थिए। आगलागीको कारण खुलेको छैन। आगलागी नियन्त्रणमा लिन तीनवटा दमकल प्रयोग भएको छ। नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।  
Read More
नारायणगढ-बुटवल सडक अवरुद्ध

नारायणगढ-बुटवल सडक अवरुद्ध

नवलपरासी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ। नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो।
Read More
नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ खैरहनीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ खैरहनीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

अस्मिता रिजाल /खैरहनी-   नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ खैरहनीको प्रथम साधारण सभा तथा अधिबेशन सोमबार सम्पन्न भएको छ । अधिबेशनले अर्जुन परियारको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले संघको उपाध्यक्षमा फिरोज मिया अन्सारी , सचिवमा सोफिला पौडेल , कोषाध्यक्षमा सम्झना भण्डारी , सहसचिवमा सीता मगर , सदस्यहरुमा बेलबहादुर परियार , मीना दराई , प्रमिला मगर , मोहम्मद सदाम हुसेन , रञ्जना बिक र निरुता चौधरी कार्यसमिति चयन गरेको छ । प्रथम अधिबेशन उद्घाटन गर्दै प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनियाले सिलाइ ब्यवसायिहरु हक हित र अधिकारका लागि संगठित हुनु निकै महत्वपुर्ण बिषय…
Read More
काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण

काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण

धादिङ- पोखराबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७, आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो ।   पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौं आउँदै गरेको कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एन–ए।एम।एल हेलिकोप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।   जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए । रासस  
Read More
गृहमन्त्रीलाई गगनले उठाए संसद्‍मा प्रश्न

गृहमन्त्रीलाई गगनले उठाए संसद्‍मा प्रश्न

काठमाडौं-   नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै उनले प्रश्न उठाएका हुन्। थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कँदैन भन्ने आश्वस्त पार्नुपर्ने पनि बताए। उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ, त्यसबारे जानकारी गराउनुपर्ने बताए।   गिरीबन्धु टी स्टेटका विषयमा अदालतले दिएको २०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने उनले बताए। ुसरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन। एक्सन चाहियो। तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो।…
Read More
मासिक ७० हजार कमाई हुने भन्दै मौरिससमा पठाउने एकजना पक्राउ

मासिक ७० हजार कमाई हुने भन्दै मौरिससमा पठाउने एकजना पक्राउ

काठमाडौं- एक महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको गौरीघाटबाट मानब बेचबिखन गरेको आरोपमा झापाका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरेको हो । एसपी गौतम मिश्रका अनुसार उनले एक जना महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए। केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्।   महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ बुझाएको एसपी मिश्रले बताए। उक्त रकम बुझाएपछि ती…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.