आज मितिः २०८३ बैशाख ५ गते

उद्दार अनलाईन

564 Posts
आज देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।   दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   त्यस्तैराति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना…
Read More
विपद्‌बाट देशभर १२५ जनाको मृत्यु

विपद्‌बाट देशभर १२५ जनाको मृत्यु

काठमाडौं-   अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी विहिबारसम्म एक सय २५ जनाको मृत्यु भएको छ। विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक…
Read More
लक्की फिल्मी अवार्डको लोगो सार्वजनिक

लक्की फिल्मी अवार्डको लोगो सार्वजनिक

काठमाडौँ। लक्की फिल्मी अवार्ड २०८१ को लोगो एक समारोहका बीच सार्वजनिक गरिएको छ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सञ्चिता लुइटेल र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले अवार्डको लागो सार्वजनिक गरेका हुन् । काठमाडौँमा आज आयोजित एक समारोहमा अवार्डको लोगो सार्वजनिक गरिएको हो । लागो सार्वजनिक गर्दै अभिनेत्री लुइटेलले अवार्डको सफलताको शुभकामना व्यक्त गरिन् । मोफसलमा रहेर पनि रंग क्षेत्रको ठूलो कार्यक्रम गरेकोमा अभिनेत्री लुइटेलले आयोजक लक्की मिडिया हाउस र महाप्रबन्धक कार्की प्रति विशेष आभार व्यक्त गरिन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले हरेक वर्ष लक्की फिल्मी अवार्डको आयोजना गर्दै आएको छ । अघिल्लो संस्करणमा भएका केही…
Read More
सुनको मूल्य तोलाको डेढ लाख

सुनको मूल्य तोलाको डेढ लाख

काठमाडौँ - सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ । केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो । यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो । बुुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार ४७१ डलर पुुगेको छ ।    
Read More
डा. महावीर पुन किताब बेच्दै ग्रीनल्याण्ड पुगेपछि…

डा. महावीर पुन किताब बेच्दै ग्रीनल्याण्ड पुगेपछि…

चितवन। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै चितवन पुगेका छन्। मंगलबार बिहान आफ्नो किताब बेच्न उनी ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर चितवन पुगेका थिए। कार्यक्रममा बोल्दै उनले आफ्नो किताब एक लाखबढी बिक्री भइसकेको बताए।कार्यक्रममा भरतपुर बडा न. १२ का अध्यक्ष लेखराज पन्त `हरि´, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्की, बिद्यालयकी प्रधानाध्यापक इन्दिरा कार्कीले मन्तब्य राख्नु भएको थियो। राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक बिक्री गरे बापतको रकमले कृषि औजार कारखाना चलाउने तयारी गरेको छ । उक्त पुस्तक बिक्री गर्न पुन देशका विभिन्न जिल्लाहरूमा गइरहेका छन् । त्यसबाहेक उनको पुस्तक…
Read More
मुगुमा ३.९ रेक्टरस्केलको भूकम्प गयो

मुगुमा ३.९ रेक्टरस्केलको भूकम्प गयो

काठमाडौँ- मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।
Read More
सिमलताल दुर्घटनामा ६२ जनामध्ये हिजोसम्म १८ जनाको शव फेला

सिमलताल दुर्घटनामा ६२ जनामध्ये हिजोसम्म १८ जनाको शव फेला

चितवन- सिमलताल दुर्घटनामा परी बेपत्ता भएका ६२ जना यात्रुमध्ये हिजोसम्म १८ जनाको शव फेला परेको छ । तीन पुरुष र एक महिलाको शव हिजोमात्र फेला परेको हो ।   मंगलबार नवलपरासीको मध्यविन्दु–२ भुताहामा एक, गैंडाकोट नगरपालिका–१० मा दुई वटा र विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक व्यारेजको पुलमा एउटा शव भेटिएको हो ।   हालसम्म १८ जना यात्रुको शव फेला परिसकेको छ । घटनास्थलबाट करिब १०३ किमी तल गण्डक व्यारेजसम्म पनि यात्रुका शव भेटिएका छन् । फेला परेका १८ शवमध्ये नौ वटा शवको मात्रै सनाखत भएको छ । सनाखत भएको शव तीन भारतीय र छ नेपाली यात्रुको भएको खुलेको छ । गत…
Read More
बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको…
Read More
आज हरिशयनी एकादशी, घरघरमा तुलसी सारिँदै

आज हरिशयनी एकादशी, घरघरमा तुलसी सारिँदै

काठमाडौं- प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार…
Read More
दार्चुलाबाट ५५ लाख रुपैयाँ घुससहित दुई जना रंगेहात पक्राउ

दार्चुलाबाट ५५ लाख रुपैयाँ घुससहित दुई जना रंगेहात पक्राउ

काठमाडौं-   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगद र चेकगरी झण्डै ५५ लाख रुपैयाँ घुस रकमसहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।   शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको हो ।   धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले पक्राउ परेकाहरूको साथबाट नगद चार लाख १२ हजार रुपैयाँ र ५० लाख ६० हजार रुपैयाँको चेकसमेत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.