आज मितिः २०८३ बैशाख ९ गते

उद्दार अनलाईन

564 Posts
गुजरात टाइटन्सले राजस्थानलाई ३ विकेटले हरायो

गुजरात टाइटन्सले राजस्थानलाई ३ विकेटले हरायो

चैत २९, बिहीबार काठमाण्डौं- इन्डियन प्रिमियर लिगको जारी संस्करणमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। बुधबार राति गुजरात टाइटन्सले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो। जारी सिजनको चार खेलसम्म अविजित रहेको राजस्थानले गएराति १९६ रनको योगफल तयार पारेको अवस्थामा पनि पराजय ब्यहोरेको हो। राजस्थानले दिएको १९७ रनको लक्ष्य गुजरातले अन्तिम ओभरमा १५ रन प्रहार गरी पूरा गर्‍यो। रसिद खानले तीन चौका प्रहार गरे। पाँचौं बलमा राहुल टेवाटिया रन आउट भएका थिए। अन्तिम बलमा २ रन आवश्यक रहेकोमा रसिद खानले चौका प्रहार गरी गुजरातलाई जित दिलाएका थिए। ११ बल खेलेका उनी ४ चौका प्रहारबाट २४ रन जोड्दै नट आउट रहे। कप्तान…
Read More
आज इद–उल फित्र, सार्वजनिक बिदा

आज इद–उल फित्र, सार्वजनिक बिदा

चैत २९,बिहीबार, काठमाडौं- इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र ९इद० मनाउँदै छन्। यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो। बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको हो। इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । ुजकात ९दान० यही महिनामा दिइन्छ। इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिक रुपमा नमाज पढेर यो पर्व मनाइन्छ। आज उनिहरुले विहानैदेखि स्नान गरि साथीभाईहरुसंग अंकमाल गरि खुशी साटासाट गर्दछन् ।
Read More
गाउँपालिका अध्यक्ष घले मानव बेचबिखनको आरोपमा पक्राउ

गाउँपालिका अध्यक्ष घले मानव बेचबिखनको आरोपमा पक्राउ

चैत २९, बुधबार, रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो। घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ। एक महिलालाई कुबेत लैजाने भन्दै भारतको नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो पुर्याएर बन्धक बनाएका थिए। ती महिलाले प्रहरी र संघ संस्थाको सहयोगमा उद्धार भएको थियो। सो मुद्दामा घले त्यसवेलादेखि नै फरार रहेको खुलेको छ। बीचमा उनी चुनाव लडेर गाउँपालिका अध्यक्ष बनेका थिए।
Read More
क्यान्सर उपचार सहयोगको लागि पत्रकार तथा गायिका गौतमको अपिल

क्यान्सर उपचार सहयोगको लागि पत्रकार तथा गायिका गौतमको अपिल

चैत २८, बुधबार काठमाण्डौ – पत्रकार तथा लोकदोहोरी गायिका कोपिला गौतमले क्यान्सर उपचार सहयोगको लागि आग्रह गरेकि छन् । तेस्रो पटकसम्म उपचार गराउँदा उनको सम्पूर्ण आर्थिक रकम सकिए पछि चौथो पटकको उपचारको लागि आर्थिक अभावले उनले सहयोगको आग्रह गरेकि हुन् । गीतसंगीतको क्षेत्रमा ठूलो योगदान पू¥याउँदै आएकी उनले थुप्रै कलाकारलाई सहयोग गर्दै आएकी थिईन र अहिले आफै सहयोग माग्न बाद्य भएकी छन् । तेस्रो पटकसम्म क्यान्सर जितेर बसेकी उनि फेरी चौथो स्टेजको क्यान्सरसँग लडि रहेकि छन् । नेपालको हरिसिद्धि क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा फलोअपमा रहेकि उनि डाक्टरहरुको सल्लाहले राजिब गान्धी क्यान्सर हस्पिटलमा पुगेगि छन् । जेनेटिक परीक्षण गराउँदा बायोप्सी…
Read More
डढेलोमा परी उद्धार गरिएका ३ जना नेपाली सैनिकको मृत्यु

डढेलोमा परी उद्धार गरिएका ३ जना नेपाली सैनिकको मृत्यु

चैत्र २८, मङ्गलबार, काठमाडौँ - डढेलोमा परी उद्धार गरिएका ४ जनामा ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो । उद्धार गरिएका ४ जना घाइतेमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक जनाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको छ भने थप २ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।    
Read More
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

चैत २८,बुधबार, काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी…
Read More
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

चैत २८,बुधबार, काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न आजदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गरेको छ। प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ।…
Read More
हैदराबादले पञ्जाबलाई २ रनले हरायो

हैदराबादले पञ्जाबलाई २ रनले हरायो

चैत २८, बुधबार काठमाण्डौ – आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले हराएको छ । गएराति भएको खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनायो । पञ्जाबका लागि शशाङ्क शर्माले सर्वाधिक ४६ रन बनाए । आशुतोष शर्माले ३३ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । हैदराबादका लागि नितिश रेड्डीले ६४ रन बनाएका थिए…
Read More
चेन्नईसँग कोलकत्ता पराजित, आजको खेल पञ्जाब र हैदराबाद

चेन्नईसँग कोलकत्ता पराजित, आजको खेल पञ्जाब र हैदराबाद

२७ चैत्र, मंगलबार काठमाडौं- इंडियन प्रिमियर लिग आईपीएलमा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हरायो ।   कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७।४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए। ​ शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे। यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे।​   कोलकत्ताका लागि वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए। त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै…
Read More
चितवनमा विक्रम बाबा मेला सोमबारदेखि सुरु

चितवनमा विक्रम बाबा मेला सोमबारदेखि सुरु

२७ चैत्र, मंगलबार   चितवन- चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सोमबारदेखि विक्रम बाबा मेला सुरु भएको छ । चैते दसैँका अवसरमा लाग्ने मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र नेपाली सेनाको खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले सोमबार संयुक्त रुपमा विक्रम बाबाको पूजा आराधना गरी शुभारम्भ गरे ।   मेला १५ दिनसम्म चल्नेछ । चैतेदसँैलाई लक्षित गरी हरेक वर्ष चैत औँसिदेखि पूणिर्मासम्म मेला लाग्छ । विक्रम बाबाको दर्शन गर्न आउने भक्तजनहरुका लागि राप्ती नदीमा डुङ्गाको व्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो ।   मेलामा आउने भक्तजनको सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.