आज मितिः २०८३ बैशाख ९ गते

उद्दार अनलाईन

564 Posts
कांग्रेस नेता आलमलाई जन्मकैदको सजाय

कांग्रेस नेता आलमलाई जन्मकैदको सजाय

काठमाडौं- जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ। बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो। रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा उनी दोषी ठहरिएका हुन् . अदालतले आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ। यसैगरी शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको फैसला भएको छ। घटनाका अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ मिलेको छ।   पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको…
Read More
नेता टोपबहादुरसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार

नेता टोपबहादुरसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। सर्वोच्च अदालतले यससम्बन्धी मुद्दामा यसअघि उच्च अदालत पाटनले दिएको आदेश सदर गरेको छ। ‘प्रतिवादीहरू उपर किटानी जाहेरी रहेको, निजहरूले एकअर्कालाई पोल गरी गरेको बयानको बेहोरा, पीडितहरूको घटनाविवरण कागजसमेतका तत्काल प्राप्त मिसिल प्रमाणका आधारमा निजहरूलाई मुद्दा पूर्पक्षका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०६४…
Read More

अब फार्मेसीमै औषधी सक्कली भए नभएको परीक्षण

काठमाडौं- औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।   औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ। त्यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ। यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो।   विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, ‘बिक्री भइरहेका औषधी सक्कली वा नक्कली हो भन्ने पसलमै पत्ता लगाइने छ। नक्कली भएको पुष्टि भएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’ यो नयाँ विधि होइन। भारत, बंगलादेशलगायतका मुलुकमा अभ्यास हुँदै आएको छ। मङ्गलबार…
Read More
चार प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

चार प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ। कोशी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका केही स्थान अन्य प्रदेशका छिटपुट ठाउँमा हुरीबतासको सम्भावना छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने…
Read More
चुनाव प्रचारप्रसार गर्न निषेध

चुनाव प्रचारप्रसार गर्न निषेध

काठमाडौं- वैशाख १५ गते शनिबार हुने इलामको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ। निर्वाचन आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टा अघि अर्थात् बुधबार राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ। आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको बताएको छ। निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न…
Read More
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरसँग आज द्विपक्षीय वार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरसँग आज द्विपक्षीय वार्ता

  काठमाडौं-   नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ। दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन्। वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन्।   मंगलबार अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेट गरेका थिए। यसैगरी राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा सोल्टी होटलमा राजकीय भोजको आयोजना गरेका थिए। कतारका अमिर आजै स्वदेश फर्कनेछन्।  
Read More
नेपाली काँग्रेस गोरखा चितवन सम्पर्क समितिको शुभकामना तथा क्यालेण्डर विमोचन सम्पन्न

नेपाली काँग्रेस गोरखा चितवन सम्पर्क समितिको शुभकामना तथा क्यालेण्डर विमोचन सम्पन्न

चितवन- नेपाली काँग्रेस गोरखा चितवन सम्पर्क समितिले नव बर्ष २०८१ को शुभकामना, चियापान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भरतपुरको नारायणि पब्लिक कलेजमा चितवन, गोरखा र काठमाण्डौबाट आएका नेता तथा समितिका पदाधिकारीहरुबीच कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि चिनकाजी श्रेष्ठले क्यालेण्डर विमोचन गर्दै गोरखाबाट चितवन आउनु भएका सबै गोरखाली काँग्रेसहरु एक ढिक्का भई अगाडि बढ्न सुझाव दिनु भयो । देशमा सानो पार्टीलाई ल्याउने सत्ताको खेल परिबर्तनमा मात्र नेताहरु लाग्नाले विकाश निर्माणमा गति लिन नसकेको उहाँले बताउनु भयो । उहाँले अब यस्तो प्रणली नै हटाउनु पर्नेमा जोड दिनु भयो । प्रदेशमा…
Read More
आज कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको सम्भावना

आज कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको सम्भावना

काठमाडौँ- मौसम विज्ञान विभाग महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ ।   लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।त्यसैगरी, आज राति कोशी, मधेस,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा बाँकी भागका…
Read More
नेपाललाई हङकङले चार विकेटले हरायो

नेपाललाई हङकङले चार विकेटले हरायो

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपाललाई हङकङले चार विकेटले हरायो । अब हङकङ एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलब तीन ओभरमा छ विकेट गुमाएर भेटायो । नेपालका लागि सोमपाल कामीले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । हङकङका लागि अशुंमान रथले अविजित ६५ रन बनाए । यस्तै बाबर हयातले २६ रन बनाए । यसअघि ओमानको अल अमिरात मैदानमो टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रन बनाए । यस्तै सन्दीप जोराले २२,…
Read More
कच्चा दूधमा बर्ड फ्लूको सङ्क्रमण भेटियो

कच्चा दूधमा बर्ड फ्लूको सङ्क्रमण भेटियो

काठमाण्डौं- विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए एचफाइभ एनवान पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीको सङ्ख्यामा वृद्धि भएको थियो । यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूमा समेत सङक्रमण भेटिनु अर्को चुनौतीको बिषय बनेको डब्लुएचओले जनाएको छ । अमेरिकी अधिकारीहरूले यसै महिनाको सुरुमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट सङ्क्रमण भएर मुक्त भएको बताएका थिए । विश्व स्वास्थ्य सङ्गठनको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङका अनुसार टेक्सासमा गाईबाट एभियन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.