आज मितिः २०८३ बैशाख ९ गते

कांग्रेस नेता आलमलाई जन्मकैदको सजाय

Uddar News

काठमाडौं-

जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ। बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो।

रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा उनी दोषी ठहरिएका हुन् . अदालतले आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ।

यसैगरी शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको फैसला भएको छ। घटनाका अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ मिलेको छ।

 

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.