आज मितिः २०८३ बैशाख ९ गते

अब फार्मेसीमै औषधी सक्कली भए नभएको परीक्षण

काठमाडौं-

औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।

 

औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ। त्यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ। यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो।

 

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, ‘बिक्री भइरहेका औषधी सक्कली वा नक्कली हो भन्ने पसलमै पत्ता लगाइने छ। नक्कली भएको पुष्टि भएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’

यो नयाँ विधि होइन। भारत, बंगलादेशलगायतका मुलुकमा अभ्यास हुँदै आएको छ। मङ्गलबार वीर अस्पतालको फार्मेसीमा यसको परीक्षण गरिएको छ। उनका अनुसार परीक्षण गर्दा औषधीमा कुनै कैफियत फेला परेन। ‘औषधीको मात्रा ठिक छ छैन, गलत औषधी दिइएको छ कि लगायत पनि परीक्षणका क्रममा अनुगमन गरिने छ’, उनले भने, ‘अहिलेलाई काठमाडौँबाट यसको सुरुवात गरिए पनि क्रमशः देशव्यापी बनाइने छ।’

नेपालमा नक्कली औषधी बिक्री बढेको अनुमान विभागको छ। औषधीले बिरामी ठिक हुनुको साटो झन् नकारात्मक प्रभाव पार्ने, औषधीको मात्रा घटबढ हुने गरी बिक्री गर्ने गरेको पाइएको छ। “यस्ता गतिविधि गर्नेलाई तत्काल स्क्रिनिङ गरिने छ’, विभागका महानिर्देशक ढकालले भने।
गोरखापत्र दैनिक

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.