चितवन-
नेपाली काँग्रेस गोरखा चितवन सम्पर्क समितिले नव बर्ष २०८१ को शुभकामना, चियापान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भरतपुरको नारायणि पब्लिक कलेजमा चितवन, गोरखा र काठमाण्डौबाट आएका नेता तथा समितिका पदाधिकारीहरुबीच कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि चिनकाजी श्रेष्ठले क्यालेण्डर विमोचन गर्दै गोरखाबाट चितवन आउनु भएका सबै गोरखाली काँग्रेसहरु एक ढिक्का भई अगाडि बढ्न सुझाव दिनु भयो । देशमा सानो पार्टीलाई ल्याउने सत्ताको खेल परिबर्तनमा मात्र नेताहरु लाग्नाले विकाश निर्माणमा गति लिन नसकेको उहाँले बताउनु भयो । उहाँले अब यस्तो प्रणली नै हटाउनु पर्नेमा जोड दिनु भयो ।

प्रदेशमा केन्द्रले सबै काम गर्ने अधिकार दिने, खर्च कटौतीको लागि केन्द्रमा महत्वपूर्ण आठ दश मन्त्रालय राखेर अरु प्रदेशमा दिने , स्थानीय तहबाट नै धेरै काम गर्न सकिने उहाँले बताउनु भयो । नगरपालिकाहरुलाई मालपोतको जिम्मा दिने जबकि जग्गा नक्सा सबै स्पष्ट हुन्छ भन्दै उहाँले थप्नु भयो, आफूले यस्ता कुराहरु सम्बन्धित निकायमा राख्दा खै सुनुवाई नै नभएको बताउनु भयो ।

विमोचन कार्यक्रममा नेपाली काँग्रेस गोरखाका सभापति एबम गण्की प्रदेशका सभासद नन्दु प्रसाद न्यौपानेले नेपाली काँग्रेस भित्र देखिएको तिक्ततालाई मेटाउँदै अब काँग्रेस गुनासै गुनासोमा बस्न नहुने बताउनु भयो । सभापति न्यौपानेले आफ्नै पार्टी भित्रबाट निर्बाचनमा कसले कसलाई धोका दियो आफूलाई स्पष्ट रहेको र यतिबेला बोल्न नहुने र जिल्लामा सबै तहका नेतृत्वलाई भेला गराई स्पष्ट पार्ने बताउनु भयो । उहाँले थप्नु भयो, अब काँग्रेसमा पूर्ण एकता हुनु प¥यो, कुनै लोभ लालचमा लाग्नु भएन र वडादेखि पालिका सम्म आफूले के कस्ता काम गरेको र निर्बाचनमा कस्तो परिणाम आएको त्यसको जिम्मा लिनु पर्नेमा जोड दिनु भयो ।

सम्पर्क समितिका कार्यबाहक अध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा तथा सचिव रमेश बञ्जाराको संञ्चालन रहेको कार्यक्रममा पूर्ब मन्त्री मिलनबाबु श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति रामेश्वर खनाल, गोरखाका उपसभापति ईमान सिं बस्नेत, पूर्ब उपसभापति मोहन पोखरेल, महासमिति सदस्यहरु फूलमायाँ गुरुङ, कल्पना नेपाली, गीता देवकोटा त्यस्तै ठाकुर भट्ट, रघु भट्ट, सजनी भन्ताना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

समितिका सचिव नारायण प्रसाद दाहालले उपस्थिति सबैलाई स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गोरखाका सबै पालिका तथा वडा एबम काँग्रेस नेता तथा तरुण दलका नेता र चितवनका सम्पूर्ण नगरका काँग्रेस तथा विद्यार्थी नेताहरुको पनि उपस्थिति रहेको थियो ।