आज मितिः २०८३ बैशाख ९ गते

प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरसँग आज द्विपक्षीय वार्ता

 

काठमाडौं-

 

नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ।

दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन्। वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

 

मंगलबार अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेट गरेका थिए। यसैगरी राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा सोल्टी होटलमा राजकीय भोजको आयोजना गरेका थिए।
कतारका अमिर आजै स्वदेश फर्कनेछन्।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.