आज मितिः २०८३ भाद्र १ गते

कैलालीमा ट्रकको ठक्करबाट एमाले नेत्री सावित्रा सापकोटाको मृत्यु

काठमाण्डौं-

कैलालीमा सोमबार बिहान ट्रकको ठक्करबाट नेकपा (एमाले) नेत्री सावित्रा सापकोटाको मृत्यु भएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य सापकोटाको मृत्यु भएको सोही वडाका अध्यक्ष मिठुन गौतमले जानकारी दिए।

से १–०१–००१ ख नम्बरको स्कुटरलाई लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रक नवलपरासी ९बर्दघाट० का २६ वर्षीय दिनेश गिरीले चलाएमन थिए।

दुर्घटनामा गम्भीर घाइते हुनुभएको सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.