आज मितिः २०८३ बैशाख ९ गते

मनमा एउटै सोच छ – बच्चाहरूको भविष्य उज्यालो बनाउछु – उर्मिला रोका

करीब १५ बर्ष देखि अनबरत विदेश यात्रामा रहँदा आफ्नो जीवनको उतार चढाव तथा दुःख सुखको अनुभूतिमा यसरी प्रस्तुत हुनुहुन्छ झीमरुक गाउँपालिका ७ प्यूठानमा जन्मिएर माण्डवी गाउँपालिका २ मा कर्मभूमी बनाउनु भएकी उर्मिला रोका योगी ।

माध्यामिक शिक्षा पनि पूरा गर्न नपाउँदै विवाह बन्धनमा बाधिनु भएकी उर्मिला १७ बर्षमा बैदेशिक रोजगारीको शिलशिलामा कुबेदमा घरको काममा लाग्नु भयो । करीब डेढ बर्ष कुबेतको बसाईमा केही आम्दानी पश्चात नेपाल फर्कनु भयो ।

 

१६ बर्षको उमेरमा बाबु आमाले विवाह बन्धनमा बाधि दिनु भयो तत्पश्चात मेरा केहि ईच्छा आकांक्षाहरु मर्दै गयो उहाँले बताउनु भयो । १६ बर्षकी उर्मिलालाई ३५ बर्षीय श्रीमानसंग त्यस माथि पनि कान्छि बनाएर लगेको पत्तै भएन र लगत्तै छोडपत्र गर्न बाद्य भएको बताउनु भयो । यस पछि विदेश लाग्नु भएकी उर्मिलाले नेपाल फर्के पछि स्वदेशमा नै केही गर्नु पर्छ भनेर नवलपरासिमा विदेश जानु अघि सिलाई कटाई सिक्नु भएकी उनले यहि काममा लाग्नु भयो र करीब ३ बर्ष यसमा नै काम गर्नु भयो ।

 

कुवेतबाट आए लगतै दुबईको भिषा लागे पनि आफू विरामी परेको र केही समय नेपाल रहँदा आफूलाई मायाँ गर्ने मान्छे भेष नाथ योगीले विदेश नजान भने पछि आफूले विहे गरेर बैदेशिक यात्रालाई त्यहि बीट मारेको बताउनु हुन्छ उर्मिला ।

विहे गरेको एक बर्ष पछि पहिलो सन्तान जन्मियो त्यस पश्चात २ बर्ष पछि पून आफूले जुम्ल्याहा छोरी जन्माएको र त्यसको तीन महिना पछि श्रीमानले अर्की श्रीमति ल्याउनु भयो । उहाँले तीन महिना पछि विहे गरेर भारतमा राखेको र करीब १ बर्ष पछि आफूलाई थाहा भएको जनाउनु भयो । यो थाहा पाए लगत्तै तीन छोरी लिएर आफू भारतमा कान्छि लिएर बसेका श्रीमान सामू उपस्थित हुन पुग्नु भयो । पुगे लगतै श्रीमान र सौतालाई लिएर पुगेको तेस्रो दिन नेपाल फर्कनु भयो । नेपाल आएर चार महिनासम्म सबैजना रमाएर बसेको अनुभव उर्मिलाले सुनाउनु भयो ।

घरायासी सल्लाह अनुसार पून उनिहरु दुबै जना भारत तिर लाग्नु भयो । भारत गए लगतै करीब १ बर्ष सम्पर्क विहिन हुन पुग्नु भयो । उनिहरु बीचको सम्बन्ध छुटाएर श्रीमान आफूसंग मात्र रहुन् भन्ने ईच्छा पूरा भएको उहाँले जानकारी गराउँनु भयो । उहाँले उसंग सम्पर्क विहिन भएको र आफू नेपाल आउन लागेको जानकारी दिएर नेपाल आउनु भयो ।

 

नेपाल आएर २ महिना बसे लगतै पुनः भारत फर्केर जानु भयो । यस पछि भने उहाँ फेरी ६ महिनासम्म सम्पर्कमा नआउने घरमा खर्च नपठाउँने गरे पछि उर्मिला आफै भारत तिर लाग्नु भयो।

 

भारतमा थुप्रै समय काम गरेको रकम घरपरिवारलाई केही थाहा छैन यद्धपी उर्मिलाले उनको पासपोर्ट बनाएर साउदी पठाउने निर्णय लिनु भयो ।

पून श्रीमानलाई नेपाल फर्काएर साउदी पठाउन तर्फ लाग्नु भएकी उर्मिलालाई अन्तत साउदीको भिषा लगाएर २०७४ सालमा साउदीमा कृषि सम्बन्धी काममा लाग्नु भयो । गएको एक महिना मात्र के पुगेको थियो आफूसँग फेरि झगडा गर्न सुरु गर्नु भयो । आफूले लघुवित्त संस्थाबाट ऋण लिएर पठाए पनि बेवास्ता गरेपछि घरमा आम्दानीको श्रोत नभएकोले २ वर्षका जुम्ल्याहा र ४ वर्षकी छोरीलाई दिदीको घर छोडेर दुबई उडेको बताउनु हुन्छ उर्मिला ।

२०७४ सालमा नै दुबई आएर घरमा काम गर्दै नेपालमा बच्चा पढाउन थाल्नु भयो । यति बेलासम्म ४ महिना बिते पछि साउदी रहेका श्रीमानसंग हल्का संपर्क भएको बताउनु भयो ।

श्रीमानले साउदीबाट नेपालमा सिन्धुपाल्चोककी एक महिलासँग संपर्क गर्दै दुई छोरीकी आमा उनैसँग व्यस्त भए पछि घरका सन्तान सबै बिर्सनु भयो, यद्धपी उहाँ मसँग नैं आउनुहुन्छ भनेर आफू २ वर्ष दुबईको बसाई बिट मारेर नेपाल फर्केको बताउनु हुन्छ उहाँ।

नेपाल फर्किए लगत्तै उर्मिलाले आफै व्यवसाय गर्ने उद्देश्यले एउटा कृषि फर्म दर्ता गर्नुभयो जसको नाम आफ्नै जुम्ल्याहा छोरीको नामबाट गंगा जमुना कृषि तथा पशुपंछी फर्म प्यूठानमा नै दर्ता गरी लोकल तथा ब्रोइलर कुखुरा, वाख्रादेखि भइसिसम्म पाल्नु भयो । साथै तरकारी खेती र कुटानी पिसानी मिल समेत राखेको उहाले जानकारी दिनु भयो । दुवईको संघर्षबाट आफ्नो ऋण तिर्दै जग्गा किनेर घर बनाएको र आफ्नै व्यवसायबाट घर चल्ने बच्चाहरुको अध्ययन खर्च चलाउँदै आए पनि यो बीचमा श्रीमानसंग केही संपर्क नभएको उहाँले बताउनु भयो।

संपर्कमा न आएका श्रीमान्   एक्कासी चार वर्ष पछि सिधै घर न आएर जिल्ला अदालत प्युठान गएर डिभोर्सको मुद्धा दर्ता गरी आफ्नो बुवा आमाकोमा जानु भयो । र आफ्नो कुनै दोष नभए पछि आफूले अस्वीकार गरेको र उहाले अंसबन्डाको मुद्धा दर्ता गरे पनि मेरो आर्जनको सम्पति म सँग नै हुनुपर्ने अडान लिए पछि मुद्धा तामेली गएको र फैसला हुन सकेन ।

यो बीचमा करिब ८ वर्ष सम्पर्कमा नरहनु भएका उनले कतै अर्की महिला राखेको हुन सक्ने भएकोले हालसम्म पनि मलाई डिभोर्स गरी बाटो खुल्ला गर्न आग्रह गरी रहेका छन् यद्धपी बच्चाहरु नाबालक नै रहेको र भोलि बाबुको पनि आवश्यक पर्ने भएकोले आफूले तत्काल डिभोर्स नदिने निर्णयमा हुनुहुन्छ उर्मिला ।

नेपालको यो वातारण पश्चात् पुनः २०७८ मा दुबई प्रवेश गरेर २ वर्ष पछि नेपाल फर्केर चार महिना बसेर २०८१ मा आएर घरमा काम गर्दै समाजसेवामा पनि आवद्ध हुनुभयो उर्मिला ।

हाल प्युठान स्वर्गद्वारी समाज यूएईकी महिला उपाध्यक्ष तथा लुम्बिनी प्रदेश समाज यूएईको केन्द्रीय सदस्य समेत रहनु भएकी उर्मिला दुबईमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीत गाउनु पनि हुन्छ । विभिन्न संघसस्थाबाट पुरस्कृत र सम्मान पनि प्राप्त गर्नु भएको छ उहाँले।

दुबईमा नेपाली महिलाहरुलाई कामको लागि राम्रो अवसरहरू रहेका छन् भने यहाको कानुन र अनुशासनमा रहनु जरुरी हुन्छ । त्यसमा यहाँ सुरक्षा अति नै राम्रो रहेको छ ।

“म आमा हुँ, तर बच्चालाई काखमा राख्न पाएकी छैन,” तर श्रीमान् जसले न श्रीमती बुझ्यो न आफ्नो सन्तान हो उसैको नजरमा म एक दिन गाउँ फर्किएर – उज्यालो अनुहार, ढुक्क हिँडाइसङ्गै छोरीहरुको भविष्य कोर्नु छ मैले उर्मिलाले भावुक हुँदै भन्नु भयो ।

 

आज उहाँ भन्नुहुन्छ — विदेशमा ज्यान मात्र हैन, आत्मा पनि गुम्न सक्छ। तर सोच र आँट भए सफलताको शिखर चुमिन्छ।

अन्तमा कामको सिलसिलामा दुबई आउने महिलाहरुलाई हातको इलम सिकेर आउन आग्रह गर्नुहुन्छ उहाँ। त्यति कै आउँदा यहाँ काम नपाउने अलपत्र पर्ने र फिर्ता हुने सम्भावना रहन्छ त्यसैले महिला मित्रहरू आउँदा सीप सिकेर मात्र आउन अनुरोध गर्नुहुन्छ उर्मिला ।

एउटै उद्देश्य छ उर्मिलाको अब बच्चाहरुको भविष्य उज्वल बनाउनु मेरो कर्तव्य हो ।

 

 

 

 

 

 

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.