आज मितिः २०८३ बैशाख ५ गते

स्पेनले जित्यो युरोकपको उपाधि

काठमाडौं-

 

इङ्ग्ल्यान्डलाई २(१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको हो।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले एकरएक गोल गरे। स्पेनका विलियम्सले खेलको ४६औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। विलियम्सले लामिन यामलको पासमा गोल गरेका थिए।

७३औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा ओयार्जाबालले गोल गर्दै स्पेनलाई जित दिलाए। मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.