आज मितिः २०८३ बैशाख ५ गते

प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि हुने

काठमाडौं-

 

प्रधानमन्त्रीमा पुष्कमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि शुक्रबार नै सरकार गठनको प्रक्रिया अगाडि बढेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको लागि आज साँझ ५ बजेसम्मको समय दिएका छन्।

आज ५ बजेपछि नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुने राष्ट्रपति कार्यालयले जनाएको छ। शपथ भने सोमबार बिहान ११ बजे गर्न प्रस्ताव गरिएको छ।

प्रधानमन्त्रीले शपथ लिएपछि सकेसम्म एकैपटक नभए दोस्रो पटकमा सरकारका सबै मन्त्रीको टुंगो लाग्ने नेताहरुले बताएका छन्। यसअघि २२ वटै मन्त्रालय दुई दलले मात्रै भागबन्डा गर्ने तयारी भएको थियो। तर, सरकारलाई अन्य साना दलले पनि समर्थन गर्ने भएका छन्। साना दललाई पनि तीनदेखि चारवटा मन्त्रालय दिनुपर्ने बाध्यता कांग्रेस र एमालेलाई हुनेछ।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० गरी ६३ सांसद उभिएका थिए। विपक्षमा १९४ सांसद देखिएका थिए। नयाँ सरकार गठनको सहमति गरेका कांग्रेस र एमालेको पक्षमै अधिकांश दल देखिएका छन्। नयाँ सरकारको पक्षमा कांग्रेस, एमालेसँगै जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पनि उभिएका छन्।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.