आज मितिः २०८३ बैशाख ८ गते

जनप्रगतिशिल मन्च साउदीले मनायो १७औं गणतन्त्र दिबस

युबराज कार्की शेखर /साउदी-

नेपाली जनप्रगतिशिल मन्च साउदीले १७औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । यस अवसरमा जेठ १५ गते क्षेत्रीय कमिटी जुबेलमा कार्यक्रम गर्दै १७औं गणतन्त्र दिवस भब्यताको साथ सम्पन्न गरेको हो ।

जनप्रगतिशिल मञ्च साउदी अरबले निरंकुश सामन्ती राज्य व्यवस्थाको अन्त्य गर्दै नेपाली जनताको विभिन्न मुक्तिकामी आन्दोलन र बलिदानीपूर्ण संघर्षले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दै दिप प्रज्वलन गरेको थियो ।

 

क्षेत्रीय अध्यक्ष एबम केन्द्रीय सदस्य शिबराज बिकको अध्यक्षतामा महान जनयुद्ध ,ऐतिहासिक जनआन्दोलन लगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनहरुमा वलिदानि र सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरि एक मिनेट मौन धारणा गरिएको थियो । बेपत्ता एवं घाइते योद्धाहरु र उहाहरूको परिवार, एवं सहिद परिवारमा उच्च सम्मान प्रकट गरिएको थियो ।

 

कार्यक्रममा उपस्थित हुनुभएका केन्द्रिय उपाध्यक्ष एबम कार्यक्रमका प्रमुख अतिथि हरि बुढाथोकी, विशिष्ट अतिथि एबम राष्ट्रिय कमिटिको सह-कोषाध्यक्ष तारा सेन्चुरीले लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.