चितवन-
एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । नेकपा ९एमाले० चितवनको ११औँ जिल्ला अधिवेशन बुधबार बिहान सम्पन्न मतगणनाबाट ६ सय ६ मत प्राप्त गर्दै पाठक अध्यक्ष निर्वाचित भएका हुन् ।
उहाँका निकटतम प्रतिद्धन्दी घनश्याम कँडेलले ९३ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा श्याम कुमार बिष्ट ४०४ मत प्राप्त गर्दै बिजयी भए । उहाँका प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मत प्राप्त गरे ।
सचिवमा प्रकाश ढुङ्गाना ४६६ मत प्राप्त गर्दै बिजयी भए भने उहाँका प्रतिस्पर्धी पदमपाणी सुवेदीले २२१ मत प्राप्त गरे ।
यस्तै उपसचिव ९खुल्ला० मा २४० मत प्राप्त गर्दै मिन बहादुर परियार बिजयी भएका छन्। उहाँका निकटतम प्रतिस्पर्धी केशव आचार्यले २०६ मत,टिकाराज रिजालले १५० मत र गोपाल परियारले ७९ मत प्राप्त गरे ।
उपसचिव महिला तर्फ ज्वाला पुरी वनले ३६६ मतका साथ विजयी भईन् । उहाँका प्रतिस्पर्धी जानकी शर्माले ३१० मत प्राप्त गरिन् ।