चितवन-
चितवनको रत्ननगर नगरपालिकामा गठित घटना दर्तासम्बन्धी गुनासो व्यवस्थापन गर्ने स्थानीय तह समन्वय समितिले ५ महत्वपूर्ण निर्णय गरेको छ ।
समितिले दोस्रो तथा यस आर्थिक वर्षको पहिलो बैठकले नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा पाँचवटा महत्त्वपूर्ण निर्णय गरेको हो ।
समन्वय समितिको बैठकले बसोबासको आधारमा तथा घटना घटेको स्थानका आधारमा घटना दर्ता गर्ने निर्णय गरेको छ ।
यस निर्णयबाट कुनै पनि नागरिकको स्थायी बसोबास वा बसाइँसराइ नभए पनि व्यक्तिगत घटना घटेको स्थानबाट दर्ता गर्न सकिने व्यवस्थाअनुसार दोहोरोपना नपर्नेगरी जुन ठाउँमा घटना घटेको हो सोही ठाउँको ठेगानामा घटना दर्ता गर्न सकिने व्यवस्था कार्यान्वयन गर्न सबै वडामा पत्राचार गर्ने निर्णय गरिएको हो ।
यस्तै, वैदेशिक प्रयोजनका लागि नागरिकतालगायतका विवरणसँग घटना दर्ता विवरण फरक परी समस्या सिर्जना भएको सन्दर्भमा नागरिकतारशैक्षिक प्रमाणपत्रसँग घटना दर्ता फरक परेमा एक वर्षभित्रको हकमा विवरणअनुसार संशोधन गर्न सकिने र व्यक्ति प्रमाणित गर्न सकिने भए पनि कतिपय मुलुकका दूतावासहरुले यस्तो कागजलाई मान्यता नदिई फिर्ता गर्ने गरेको पाइएकाले नागरिकतारपासपोर्टअनुसार घटना दर्ताका लागि विशेष परिस्थिति खुलाई परिपत्र गरेरमात्र प्रतिलिपि दिने व्यवस्था निर्णय गरिएको छ ।
यसैगरी, घरजग्गा नभएको तर बसाइँसरी आएकाको दर्तामा देखिएको समस्याका विषयमा पनि स्थानीय तह समन्वय समितिले निर्णय गरेको छ । नगरमा व्यापार, व्यवसाय, पठनपाठन र अस्थायी बसोबासको अस्थायी अभिलेख खडा गरी घरजग्गा नभए पनि बसाइँसरी आएमा सार्वजनिक जग्गा ९ऐलानी जग्गा० संरक्षणको शर्त कबुलियतनामा अनुसार मात्र गर्ने अन्यथा ऐलानी जग्गामा निस्सा प्रमाण बेगर कब्जा गर्ने वा खरिद–बिक्री गरेको पुष्टि भएमा बसाइँसराइ दर्ता नगरी फिर्ता पठाउनेसमेत निर्णय गरेको छ ।
यस्तै, झुटा विवरण दिई घटना दर्ता गर्ने र अर्कैको सन्तानलाई आफ्नो नाम दिई जन्मलगायत घटना दर्ता गर्नेसम्बन्धमा पनि स्थानीय तह समन्वय समितिले निर्णय गरेको छ । अर्काको सन्तानलाई आफ्नो बनाई दर्ता गर्ने प्रवृत्तिलाई रोक्न वडाहरुलाई वास्तविकता बुझि काम गर्न परिपत्रसहित कडाइ गर्ने निर्णय गरिएको सदस्य सचिव रामप्रसाद बस्ताकोटीले जानकारी दिए ।
संविधान, विद्यमान ऐनकानुन र कार्यविधि नबाझिने गरी कानुन विज्ञहरुसँगको छलफलपश्चात् स्थानीय सरकारको समन्वय समितिमार्फत महत्त्वपूर्ण निर्णयहरु गरी कार्यान्वयन गरिएको उनले बताए ।
नगरप्रमुख सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडा नं–१४ का वडाध्यक्ष होमनाथ रानाभाट, नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, सदस्य सचिव रामप्रसाद बस्ताकोटी, आमन्त्रित सदस्यहरु विज्ञ सल्लाहकार रामहरि न्यौपाने, लेखा अधिकृत कृष्णप्रसाद सुवेदी, प्रेस सल्लाहकार केशवप्रसाद भट्टराई, आर्थिक विकास संयोजक सोहेन्द्रराज खरेल र वडा नं–१५ का सदस्य शिवप्रसाद तिवारीको सहभागिता रहेको थियो ।