आज मितिः २०८३ बैशाख ९ गते

उपनिर्वाचनको दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित

काठमाडौं-

 

यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर २ मा एमालेकै सुहाङ नेम्बाङ भए।

भण्डारीले ११ हजार ६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन्।

प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए। उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए। सिंहको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।

त्यस्तै इलाम २ मा २७ हजार ७७२ मत ल्याएर सुहाङ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत पाए। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४५७ मत ल्याए भने चौथोमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत हात पारे।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.