आज मितिः २०८३ बैशाख ९ गते

बालमन्दिर जग्गाको गैरकानुनी सम्झौताविरुद्ध अख्तियार आक्रामक

Uddar News

चैत ७, बुधबार

काठमाडौं,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बालसंगठनको नाममा रहेको बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा लिनेगरी सम्झौता गर्ने बृहस्पति विद्यासदनका सबै पदाधिकारीसँग बयान लिएको छ ।

 

अख्तियारले बृहस्पति विद्यासदनका तत्कालीन पदाधिकारीहरू पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, मीनुकुमारी जोशीलगायतसँग बयान लिएको हो ।

 

बालमिन्दरकी तत्कालीन अध्यक्ष रीता सिंहलाई प्रभावमा पारी उनीहरूले बालमन्दिरको २८ रोपनी ५ आना जग्गा आगामी २१३२ सालसम्मका लागि २०७२ सालमा पूरक सम्झौता गरेका थिए ।

तत्कालीन अध्यक्ष रीता सिंह भने बिरामी भएको भन्दै लामो समयदेखि अख्तियारको बयानमा अनुपस्थित रहँदै आएकी छन् । स्रोतका अनुसार लामो समयसम्म बालमन्दिरको नेतृत्वमा रहेकी रीता सिंहकै पालामा बालमन्दिरको जग्गाको व्यापक दुरुपयोग भएको थियो ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.