आज मितिः २०८३ बैशाख ९ गते

रामेछापको सिमन्तीमा आगलागी हुँदा १४ घर र १२ गोठ जले

शुक्रबार २, चैत्र

रामेछाप-

रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेरका छन्। आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन्। जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन्।

आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको थियो। क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए।

घरसँगै लत्ताकपडा र खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ। अग्निपीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको प्रमुख लवश्री न्यौपानेले जानकारी दिए। उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक सङ्घसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने उनले बताए।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.