आज मितिः २०८३ बैशाख ९ गते

सरकार र आरती साहका परिवारबीच ५ बुँदे सहमति

काठमाडौं-

गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच मंगलवार पाँच बुँदे सहमति भएको छ।

 

कर्तव्यज्यान सम्बन्धी हाल अदालतमा विचाराधीन साहको मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउनेसहितका ५ बुँदे सहमति भएको गृह मन्त्रालयले जनाएको छ।

 

अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी घटनाको विषयमा थप अध्ययन गर्ने पनि सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

 

सहमतिपत्रमा बुँदा नम्बर १ र २ बमोजिम भएको अनुसन्धानवाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुन बमोजिम पुनः अभियोजन समेत गर्ने, स्वर्गीय आरती साहका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक, सहजीकरण गर्ने तथा साहका परिवारको तर्फबाट भइरहेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने उल्लेख रहेको छ।

पीडित परिवारले असार १ देखि नै आन्दोलन गरिरहेका थिए।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.