आज मितिः २०८३ बैशाख ९ गते

सडक माथिबाट आएको ढुङ्गा लागेर मृत्यु

मुगु-

मुगुम कार्मारोङ गाउँपालिका–५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको छ।

विद्युत् गृहको नहर पहिराले क्षति गरेपछि वडा नं ५ र ६ का स्थानीयको आज काम गर्ने पालो थियो। सोही कामका लागि मृतक लामासहित अन्य चारजना सेरोग गाउँबाट रिउस आउँदै गर्दा तिलिकछु भन्ने स्थानमा माथिबाट आएको ढुङ्गा लागेर घाइते बनाएको थियो।

घाइते भएका लामालाई स्थानीय र पुलु प्रहरी चौकीले तत्काल उद्धार गरी पुलु स्वास्थ चौकी पुर्याए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल गमगढी लैजाँदै गर्दा बीच बाटोमा मृत्यु भएको हो।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.