आज मितिः २०८३ बैशाख ९ गते

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते

चितवन-

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धनका लागि भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते नारायणी नदी किनारमा हुँदैछ ।

 

भ्रमण वर्षमा करिब दुई लाख बाह्य तथा पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । भरतपुरमा पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने भ्रमण वर्षको अन्य उद्देश्यहरु हुन् । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी र राप्ती नदीले घेरिएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य भरतपुर हो । महानगरपालिका विविध सम्पदाहरूले भरिपूर्ण छ ।

पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा महानगरले लिएको छ । देवघाटधाम, पटियानि, मेघौली, वीसहजारी ताल, ज्ञानेश्वर ब्लक, नारायणिबीच, चौकीडाँडा, कसरा, गोलाघाट लगायतका घुम्न लायक पर्यटकीय स्थलहरु महानगर भित्र रहेका छन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.