आज मितिः २०८३ बैशाख ९ गते

सेञ्चुरी बैंकका दुई पूर्व सीईओसहित १० कर्मचारी पक्राउ

काठमाडौं-

सेञ्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जना कर्मचारीहरु पक्राउ परेका छन्।

पक्राउ पर्ने पूर्वकर्मचारीहरु दीलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान र सुनील बस्नेत हुन्।

उनीहरु सबै ऋण हिनामिना आरोपमा पक्राउ परेका हुन्। सेन्चुरी बैंक हालैमात्र प्रभुमा मर्ज भएको थियो। गत पुसमा प्रभु बैंकले सेञ्चुरीलाई १स्१ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। सेञ्चुरी बैंकमा रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको बताइएको छ। उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.